धेर थोरै मैले पनि, बुझेको छु जिन्दगी सङ्ग
सिन्घौरी मात्र हैन, जुधेको छु जिन्दगी सङ्ग !!

थाहा भएन कहिल्यै, दुख केहो भनेर साथी
हिजोआज त झनै, जुझेको छु जिन्दगी सङ्ग !!

समयले दिएन कहिले, कहिले बाहानाले पनि
जे छ आज साथमा, लुछेको छु जिन्दगी सङ्ग !!

आगो भन्छन् कोहि, कोहि पानी भन्छन् यहाँ
हाँसो होकी आँसु खै, रुझेको छु जिन्दगी सङ्ग !!

आफ्नै, सपनाका पिरामिडहरुमा चिप्लेटी खेल्दै
टिप्न सके टिपे हुन्छ मित्र, नुघेको छु जिन्दगी सङ्ग !!

श्रीभक्त पौडेल ‘आफन्त’

चितवन हाल आइसल्याण्ड

Total Page Visits: - Today Page Visits:
Shares