अष्ट्रेलियासंगको तेस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । भारतले घरेलु टोली अस्ट्रेलियालाई १३७ रनले हराएको हो ।

३९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो पारीमा सबै विकेट गुमाएर मात्रै २६१ रन बनाउन सक्यो । चौथो दिन अस्ट्रेलियाले ८ विकेटको क्षतिमा २५८ रन बनाएको थियो । पाँचौँ दिन आइतबार उसले मात्रै तीन रन बनाउँदा दुई विकेट गुमाएको हो । जसप्रित बुमराहले प्याट कमिन्स र इशान्त शर्माले नाथन लियोनलाई आउट गरेपछि भारत विजयी भयो ।

Jasprit-Bumrah-celebrates-Aaron-Finchs-dismissal तेस्रो टेष्टमा भारत बिजयी

दोस्रो पारीमा अस्ट्रेलियाका लागि प्याट कमिन्सले ६३, शन मार्शले ४४, ट्रेविस हेडले ३४ तथा उशमान खावजाले ३३ रन बनाए । भारतका जसप्रित बुमराह र रवीन्द्र जडेजाले तीन–तीन तथा इशान्त शर्मा र मोहम्मद शामीले दुई–दुई विकेट लिए ।

पहिलो पारीमा कीर्तिमानी ४४३ रन बनाएको भारतले दोस्रो पारीमा १०६ रन बनाएपछि घरेलु टोली अस्ट्रेलियाले ३९९ रनको लक्ष्य पाएको हो । अस्ट्रेलियाले पहिलो पारीमा १५१ रन बनाएको थियो ।

पहिलो पारीमा भारतका बुमराहले ६ विकेट लिएका थिए । अर्थात उनले यो टेस्टमा कुल ९ विकेट लिएका छन् ।

मेलबर्नमा भएको तेस्रो टेस्टमा जित निकालेसँग भारतले चार टेस्टको शृङ्खलामा २–१ को अग्रता लिएको छ । चौथो टेस्ट जनवरी ३ देखि सिड्नीमा हुनेछ । देशसंचारमा खवर छ ।

Jasprit-Bumrah-celebrates-Aaron-Finchs-dismissal तेस्रो टेष्टमा भारत बिजयी
Jasprit-Bumrah-celebrates-Aaron-Finchs-dismissal तेस्रो टेष्टमा भारत बिजयी
Jasprit-Bumrah-celebrates-Aaron-Finchs-dismissal तेस्रो टेष्टमा भारत बिजयी

Total Page Visits: 1346 - Today Page Visits: 2
Shares