अमेरिकाको जर्जिया राज्यमा बस्दै आएका अन्तराष्ट्रीय नेपाली साहित्य समाज जर्जीया च्याप्टरका अध्यक्ष किरण मानिकेले साबैलाइ झ्यामझ्याम नचाउने मौलिक पञ्चेबाजाको अती मिठो गीत र भिडियो सार्वजनिक गरेका छ्न। नेपाली लोक गीत संगीतको खानी मानिने स्याङ्जामा जन्मिएका किरण मानिके बिगत लामो समय देखी अमेरिकाको एटलाण्टा शहरमा रहेर अमेरिकाको विभिन्न ठाँउहरुमा सांगीतिक एवं साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै आएका थिए। ल ल भन्दाभन्दै बषौ बिताकाले अबत आटम् भो भन्दै सबैलाई नचाउन पंचेबाजा गीत लिएर आएको बताउने किरण मानिकेलाई स्वरमा साथ दिईएकी छन् चर्चित लोक दोहोरी गायिका मिना अधिकारीले। पञ्चेबाजामा गाईएको यो गीत “आँटम् भो माया” को शब्द गायक स्वयम किरण मानिकेले लेखेका हुन् भने संगीत र एरेन्ज राजेन्द्र सुबेदीले गरेका छन्।
नेपाल को मारुनी स्टुडियो र अमेरिका एस् एम स्टुडियो मा भोकल रेकर्ड गरेर तयार पारीएको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित कोरीयोग्राफर तथा नृत्य निर्देशक शंकर बिसी र कलाकार ऋचा थापाको उत्कृष्ट नृत्य अभिनय रहेको छ। अहिले अत्याधिक रुचाईएका कोरियोग्राफर नृत्य निर्देशक एकिन्द्र सारा शंकरको निर्देशनमा बनेको भिंडियो, राजेश घिमिरेले छायाकंन गरेका छन् भने विष्णु घिमिरेको सम्पादन रहेको छ।
https://youtu.be/UxXqej6h3BI

Total Page Visits: 1519 - Today Page Visits: 2
Shares