गजल
ताप्लेजुंगको हेलिकप्टर दुर्घटनामा परि माननिय पर्यटन मन्त्री स्व : रवीन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाउनु भएको छ । यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका सम्पूर्ण आत्माहरु प्रति गहिरो समवेदना ।
हार्दिक श्रदान्जली
अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर , काठमाडौँ
छोटो समय रहेछ र सबको दिलमा पस्यौ
जोशिलो असल नेता भनेर चिनिएर बस्यौ
आकाशमा उडेर आकाशमै बिलिन भयौ आज
केही लान्छना तिमीमाथी कसरी पो फस्यौ
आरोप प्रत्यारोप आइरहन्छ काम गर्दै जाँदा
निर्दोष साबित गर्छु भनि आफै कम्मर कस्यौ
नियतिले बनाईदियो तिम्रा सपना सबै अधुरा
सपनाहरु उडाएर आफू खोल्सातिर खस्यौ
परिवार र शुभ-चिन्तकले तिम्रो बाटो हेर्दैथिए
घरमै नआइ के कारणले बीच बाटोमै तर्स्यौ
Total Page Visits: 1819 - Today Page Visits: 2