बिनायक अधिकारी : ४ मार्च २०१९
दिउसोको १ बजेदेखि हलबाहिर बसेका दर्शकहरु हतारो देखिन्छे मुशायरा कतिबेला सुरु हुदैछ भनेर । दौरा सुरुवालमा यता उता गरिरहेका गजलकारहरुलाइ हेरिरहन्थे र मुलुक्क हॉंस्थे । मार्च २ तारिख अल्बेरि इन्टरटेनमेन्ट थिएटरमा दिउसो २ बजेदेखि सुरुभएको कार्यक्रम गजल मुशायराको कुरा हो यो । गजलमा एउटा भिन्दै ब्राण्डले स्थापित हुन सफल गजल मुशायरामा धेरै देशमा बसेका नेपाली गजलकारहरुले आफना गजल प्रश्तुत गरिसकेका छन् ।
![[Tags] E0274C5D-68A7-4BE3-B9DF-1D90BF251B98 अल्बेरिमा अल्झियो गजलको बाह !](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/E0274C5D-68A7-4BE3-B9DF-1D90BF251B98.jpeg?resize=640%2C480&ssl=1)
हलमा खचाखच भरिएका दर्शक दिर्घावाट चट्ट नेपाली पोशाकमा सजिएर आएका कार्यक्रम उद्घघोषक प्रकाश धमलाले मीठो शैलिमा सुरु गरे आफनो धर्म र बोलाए प्रमुख अतिथि एल्बरी सिटी काउन्सिलका काउन्सिलर डेभिड फारलाइ । उनिसंगै गजल मुशायराका अभीयन्ता जितेन्द्र मल्ल सहित अन्य अतिथिहरु स्टेजमा आउनुभयो र दुर्गा प्रसाद रिमालको पुस्तक ‘समयको आयू’ संयुक्त रुपमा बिमोचन भएको थियो ।
![[Tags] E0274C5D-68A7-4BE3-B9DF-1D90BF251B98 अल्बेरिमा अल्झियो गजलको बाह !](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/2E64548C-17CF-4289-84B9-CE351FF7D34F.jpeg?resize=640%2C480&ssl=1)
बिस गजलकारका चालिस गजलमा एकपछि अर्को स्तरिय गजल पाइरहेको कार्यक्रममा सिड्नी, क्यानबेरा, अल्बेरि, मेलबर्न, ब्रिसबेन, एडीलेड र तास्मानियावाट गजलकारहरु आउनुभएको थियो । गजलका शेरसंग वाह! फेरि फेरि भन्दै दर्शकले बोलिरहदा गजलकारहरु आफना शेरहरु दोहोर्याएर बाचन गरिरहेका थिए । कोहि देशभक्ति, कोहि प्रेम पिडा र कोहि श्रृंगारिक गजलहरु गजलकारका भाव थिए ।
![[Tags] E0274C5D-68A7-4BE3-B9DF-1D90BF251B98 अल्बेरिमा अल्झियो गजलको बाह !](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/AC385BA5-E31B-4948-B373-B61E1BDE1852.jpeg?resize=640%2C480&ssl=1)
गजल बाचन, गजलमै नृत्य र गजल गायन रहेको कार्यक्रम कार्यक्रम भएको अल्बेरि क्षेत्र भुटानि नेपालीहरुको बाक्लो बस्ति रहेको क्षेत्र हो । क्रिएटिभ सर्कल तथा गजल मुशायरा परिवारको आयोजनामा भएको कार्यक्रम न्युसाउथवेल्स राज्यको एल्बरीमा पर्ने ५२५ स्वीफ्ट स्ट्रिटस्थित एल्बरी इन्टरटेनमेन्ट सेन्टरमा गजल मुशायरा सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व रिमेम्बर आलोकले गरेका थिए
![[Tags] E0274C5D-68A7-4BE3-B9DF-1D90BF251B98 अल्बेरिमा अल्झियो गजलको बाह !](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/66E6206F-C329-4DEA-BA39-D29FE4111602.jpeg?resize=640%2C309&ssl=1)
कार्यक्रम सकेपछि सबै गजलकारहरु आफना फरक रचनाहरुका साथ सॉंझमा रमाइलो गरेका थिए भने आयोजक साथीहरु बिशेष गरेर दुर्गा प्रसाद रिमाल र रिमेन आलोकले भोलिपल्ट आइतबार पिकनिक आयोजना गरेर सबै गजलकार तथा अन्य साथीहरुलाइ रमाइलो गरि बिदाइ गरेका थिए ।
![[Tags] E0274C5D-68A7-4BE3-B9DF-1D90BF251B98 अल्बेरिमा अल्झियो गजलको बाह !](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/2FFEFAE1-644B-46C2-80D9-704783B0F2E2.jpeg?resize=640%2C433&ssl=1)
![[Tags] E0274C5D-68A7-4BE3-B9DF-1D90BF251B98 अल्बेरिमा अल्झियो गजलको बाह !](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/2EC0EED7-FAA9-49C2-9CDC-87EB76ADCE11.jpeg?resize=640%2C437&ssl=1)
![[Tags] E0274C5D-68A7-4BE3-B9DF-1D90BF251B98 अल्बेरिमा अल्झियो गजलको बाह !](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/93AC2145-3A4D-4D4A-A136-44937D8C9211.jpeg?resize=640%2C311&ssl=1)