बिनायक अधिकारी : १५ मार्च २०१९

नेपाली चलचित्रमा समाजका फरक कथाहरु बन्ने ट्रेन चलिरहेकै बेला फरक चलचित्र गरुण पुराण आएको छ । नेपाल संगै अष्ट्रेलियामा पनि चलचित्रहरु राम्रै ब्यापार गर्न सफल रहेका छन् । क्यानबेरामा बिभिन्न कार्यक्रम गरेर चर्चामा आएको दि यात्री इभेन्ट्सले चलचित्र गरुण पुराणको प्रदर्शन गर्ने भएको छ । 

हलक्क बढिछेरे पल्ला घरकी छोरी (म त पिरिममा) गीत चलचित्र प्रदर्शन अगाबै सबैको मनमा बस्न सफल भएको छ । चलचित्र हॉंस्यब्यग्य संगै समाजमा भइरहने कुराहरुमा आधारित छ । अजित इन्टरटेनमेन्टको ब्यानरमा अशोक गौतम फिल्मको सहकार्यमा सुसन प्रजापतिको प्रस्तुति रहेको चलचित्रलाइ सुवास कोइरालाले निर्देशन गरेका हुन ।

क्यानबेरामा हिमालयन बिजनेस ग्रुपको प्रस्तुतिमा अप्रिल १ मा इभेन्ट्स सिनेमा मानुकामा बेलुका ६:३० बजेवाट चलचित्र प्रदर्शन हुने भएको छ । चलचित्रको टिकट दर $२० राखिएको छ । चलचित्र गरुण पुराण प्रदर्शनमा platinum sponsor को रुपमा webtec solutions, the Grid Cafe रहेका छन् भने स्पोन्सरहरुमा Expert education, DM legal, EP Education रहेका छन् भने सहयोगी संस्थाहरुमा threeD events, GEM gauli event management र Bhariya Group रहेका छन् भने फोटोग्राफी पार्टनरमा THE AR PIXELS रहेको छ भने मिडिया पार्टनरमा merokapurika.com रहेको छ ।

Total Page Visits: 2244 - Today Page Visits: 1
Shares