आङ दावा जाङबु शेर्पा-पर्थ, पश्चिम अष्ट्रेलिया
पश्चिम अष्ट्रेलियाको पर्थमा यहाँका नेपाली समुदायहरुको छाता संगठन नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) ले एक विशेष कार्यक्रमका साथ नयाँ बर्ष आगमनको भव्य स्वागत र एक आपसमा शुभकामना आदन-प्रदान गरे। लगभग सात-आठ सय भन्दा बढी दर्शकहरुले उपस्थिती जनाएको उक्त कार्यक्रम म्याडिङ्टन स्थित सर्भियन कम्युनिटी हलमा सम्पन्न भएको थियो।
हरेक बर्ष नयाँ बर्षको उपलक्षमा नेपाली कला र संस्कृतीलाई जोगाउन, प्रबर्दन गर्न र बहु-साँस्कृतिक बिविधताको देश अष्ट्रेलियामा नेपालीहरुको पनि आफ्नै पहिचान र बिविधता प्रस्तुत गर्न बिशेष संगितिक-साँझ आयोजना गरिदैं आएको छ। यस बर्ष नयाँ-वर्ष बिशेष संगितिक-साँझलाई सफल बनाउन, लाखे नाच, पञ्चै बाजा, नेवारी नृत्य, मगर जातीको कौडा नृत्य, शेर्पा समुदायको स्याब्रु नाच, भोजपुरी नाच लगायत नेपाली भाषा पाठशालाका विद्यार्थी एवं अन्य स-साना बालबालिकाहरुका नृत्य र गायनहरु प्रस्तुत गरिएको थियो। साथै नावाले नेपाली बाहेक पर्थमा रहेका बाङ्गली र ईन्डियान समुदायका प्रतिनिधी कलाकारहरुको प्रस्तुती पनि समाबेश गराएका थिए।
कार्यक्रमको प्रमुख अथितिको रूपमा अष्ट्रेलियायन संसदका सिनेटर डीन स्मिथ उपस्थित हुनुभएको थियो। अन्य अथितिकारूपमा पश्चिम अष्ट्रेलियाली संघिय पर्यटन, रेसिङ एन्ड गेमिङ, साना ब्यबसाय, सुरक्षा मामिला एवं नागरिक तथा बहु-साँस्कृतिक मानानीय मन्त्री पोल पपलिय, पश्चिम अष्ट्रेलियन संसदका सांसद यज मुबाराकी, पश्चिम अष्ट्रेलियाका लागि ओनोररी नेपाली कोन्सुलर फ्रेड ब्राउन, सिटी अफ क्यानिङका काउन्सिलर एसो पोन्नुथुराइ र नावाका भूतपुर्व अध्यक्षहरु लगायत एन. आर. एन. पश्चिम अष्ट्रेलियाका पदाधिकारीहरु, अन्तराष्ट्रीय नेपाली साहित्य समाजका साथै अन्य संघ-संस्थाका पदाधिकरीहरुको पनि उपस्थिती रहेका थिए।
![[Tags] 785F1CBA-DAE6-4913-B4F8-6D579360FAAA-1024x614 पश्चिम अष्ट्रेलियामा नेपाली नयॉं बर्षको भब्य स्वागत।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/785F1CBA-DAE6-4913-B4F8-6D579360FAAA.jpeg?resize=640%2C384&ssl=1)
तीन चरणमा विभाजित उक्त कार्यक्रमको पहिलो चरणमा साँस्कृतिक कार्यक्रमका अलावा गत हप्ता सम्पन्न नावा क्रीकेट कप, नावा फूटबल र म्याराथुन दौ ड प्रतियोगिताका बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने प्रमुख अथितिहरूको आगमन पश्चात शुरु भएको दोश्रो तथा औपचारिक कार्यक्रमको क्रममा खेलकूद तर्फ क्रीकेटका बिजेता पर्थ नेपाल क्रीकेट क्लब, फूटबल तर्फ भेटेरान समूहका बिजेता हरियो टीम र खुल्ला तर्फ नेपालीज युनाईटेड फूटबल क्लबका तथा म्याराथुन दौडका बिजेता खेलाडीहरुलाई नावा कप ट्रफी प्रदान गरिनुका साथै नेपाली संस्कृती झल्काउने कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।
![[Tags] 785F1CBA-DAE6-4913-B4F8-6D579360FAAA-1024x614 पश्चिम अष्ट्रेलियामा नेपाली नयॉं बर्षको भब्य स्वागत।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/77E1974C-C42F-45BB-93A4-7D52547BB0F2.jpeg?resize=640%2C360&ssl=1)
यसैगरी सोही कार्यक्रममा नावाका हरेक कार्यक्रमहरुमा अनवरत रूपमा सहयोगी भूमिका निभाउनु हुने नावाकै पूर्व अध्यक्ष श्री यादव शर्मा, नृत्य प्रशिक्षिका सकीना इतानीका साथै नेपाली भाषा पाठशालाका शिक्षक-शिक्षिकाहरु क्रमश्: राजु ढकाल, देवकी थानी (बर्तौला), बिष्णु थापा र उषा रेग्मीलाई पनि प्रमुख अथितीको उपस्थितीमा अभिनन्दन गरिएको थियो भने, तेस्रो चरणमा संदेश तजलेको संयोजनमा डि.जे. नाचगान कार्यक्रम सम्पन्न गरिएको थियो।
![[Tags] 785F1CBA-DAE6-4913-B4F8-6D579360FAAA-1024x614 पश्चिम अष्ट्रेलियामा नेपाली नयॉं बर्षको भब्य स्वागत।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/47C0B2A7-CD5E-41BE-9A98-BC894A44B07F.jpeg?resize=640%2C427&ssl=1)
नेपाली समुदायका सदस्यहरू संगीता विष्ट, रोमन कार्की र रम्बिका कार्की उद्घोषक रहेको उक्त कार्यक्रममा नावाका सचिब रबिन बर्तौलाले उपस्थित सबैलाई स्वागत गरेका थिए भने नावाका अध्यक्ष डा. मणि पनेरुले नावा र नेपाली समुदायका सामजिक कृया कलाप सम्बन्धी आफ्नो मन्तब्य राखेका थिए। कार्यक्रमकै दौरानमा अथितीहरुलाई नावाका कोषाध्यक्ष रिजा प्रधानले खादा लगाई स्वागत गरेका थिए। कार्यक्रमको औपचारिक समापन गर्दै नावा कार्य समितीका सकृय सदस्य चुरामणि लामिछानेले यस कार्यक्रमका मुख्य प्रायोजक लोट्री वेष्टका साथै अन्य प्रायोजकहरु लगायत कार्यक्रममा सहभागी सम्पूर्णलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।
![[Tags] 785F1CBA-DAE6-4913-B4F8-6D579360FAAA-1024x614 पश्चिम अष्ट्रेलियामा नेपाली नयॉं बर्षको भब्य स्वागत।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/E3E95440-7184-4600-8AD2-FA9B65880556.jpeg?resize=640%2C360&ssl=1)
स्मरणिय रहोस्, बिगतमा झैं यस बर्ष पनि नावाद्वारा आयोजित नयाँ बर्षको कार्यक्रममा लोट्री वेष्ट मूल प्रायोजक रहे भने, अन्य प्रायोजकहरुमा भिजा हब अष्ट्रेलिया, के. बि. ए. ग्लोबल अष्ट्रेलिया, हिमाली गुर्खा नेपालीज रेस्टुराँ, अन्नपूर्ण नेपालीज किचन, एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज, टीका टर्बन, एभरेष्ट प्रोपरटिज एन्ड फाइनन्स मेल्बोर्न, रेड अर्थ माइग्रेसन, ड्रीम ल्याड माइग्रेसन सर्भिसेज, अष्ट्रेलियन टेक्निकल कलेज, अज स्टडिज, बेन्ट्ली स्पाइसेस, फूड बजार, ल्यान्ड एन्ड लिज सिड्नी र सि. पी. करी हाउस रहेका थिए।
![[Tags] 785F1CBA-DAE6-4913-B4F8-6D579360FAAA-1024x614 पश्चिम अष्ट्रेलियामा नेपाली नयॉं बर्षको भब्य स्वागत।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/04/5FE4CA7F-BD2A-40CF-9184-2DBF7D1781FE.jpeg?resize=640%2C427&ssl=1)
(नव बर्ष २०७६ सालको उपलक्षमा सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा हार्दिक मंगलमय शुभकामनाका साथ!)
Photo Courtesy of Binayak Aryal @ Beam Creation