बिनायक अधिकारी : २३ में २०१९

क्यानबेरामा यतिबेला चुनाबि दौरान सुरु भएको छ । एनआरएनएको सदस्यता बनाउने क्रम सकिएसंगै क्यानबेराकै पुरानो नेपाली संस्था अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिको साधारण सभा सहितको नयॉं कार्य समिति छनोट हुदैछ । में २६ का दिन हुने साधारण सभामा बर्तमान अध्यक्ष जीवन रानाको अध्यक्षतालाइ टुंग्याउदै नयॉं कार्यसमिति बन्ने छ । यसपटकको नयॉं कार्य समितिलाइ २०२० मा हुदै गरेको ओसिनिया स्पोर्ट्स मिट सफल बनाउन पर्ने चुनौति पनि छ, भाषा पाठशालाइ निरन्तरता दिनुछ, क्यानबेरामा हुने बहुसॉंस्कृतिक कार्यक्रममा सहभागीता जनाउनु छ भने केहि नयॉं काम गरेर देखाउनु पर्ने अभीभारा पनि छ नै ।

यसपटकको नेतृत्वका लागी बिशेषत अघिल्ला बर्षहरुमा काम गरेर देखाएकि महिला खुश्बु नेउपानेले आफूलाइ अध्यक्षको रुपमा उभ्याउनुभएको छ, उहॉं महिलाको रुपमा पहिलो पटक अध्यक्षको प्रत्यासि हो भने बिगतमा बिध्यार्थी अवस्थावाट चार कार्यकाल सहित बर्तमान कार्यसमितिमा जन सम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । अर्का उमेदवार कृष्ण सुवेदिले उमेदवारको रुपमा आफूलाइ प्रस्तुत गर्नुभएको छ । उहॉं बर्तमान कार्यकालमा कोषाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ।

संस्थामा काम गर्न इच्छुक भएर उपसभापतिको रुपमा कुमार सापकोटा र आशीष देवकोटाले उमेदवारि दर्ता गर्नुभएको छ भने सचिवमा आशीष देवकोटा र स्नेहलता केशी रहनुभएको छ । कोषाध्यक्षमा बिनोदराज घिमिरे र यूवराज पौडेलको उमेदवारि परेको छ । जनसम्पर्क अधिकृतमा मिनु राना र समीर अधिकारिले चाहना ब्यक्त गर्नुभएको छ त्यस्तै भाषा संयोजकमा रचना कणेंलको एकमात्र उमेदवारि परेको छ । सदस्यहरुमा आदर्शजंग पाण्डे, जीवनकुमार घिमिरे, महता चापागॉंइ, प्रेम बहादुर रायमाझि, राजेश गुरुगं, रचना कणेंल, शोभा कुमारी राइ र प्रनब आचार्य रहनु गएको छ ।
साधारणसभा कार्यक्रम २६ में २०१९ का दिन दिनको १२:३० देखि १५:३० सम्म ७१ म्याकलुरेल क्रिसेन्ट चिफ्लिमा हुने भएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares