अनिता भण्डारी (पौडेल )
नयाँ बानेश्वर, काठमाडौँ


फुलमा काँडा जस्तोसुकै होस् बयान फूलकै हुन्छ
हजारौं राम्रो काम गरे पनि चर्चा एउटा भुलकै हुन्छ

यो समाज अनि आडम्बर शक्ति र चल्ती भइन्जेल हो
रंगिन बोतलले घर भरिएपनि पानी मिठो मुलकै हुन्छ

तडकभडकमा मन लागेपछि आफ्नै घर बिरानो लाग्छ
ऊ एक्लै मात्र बदमाश भएपनि बदनामी कुलकै हुन्छ

हरियाली मौसम खुल्ला आकासमा एकछिन बस्दा
लामखुट्टे आइ सताउदा खोजी त आखिर झुलकै हुन्छ

चिल्ला गाडीहरु कालो पत्रे लगाएका चिप्ला बाटाहरु
हजारौ माइलका यात्रामा ठुलो योगदान पुलकै हुन्छ

Total Page Visits: - Today Page Visits:
Shares