बिनायक अधिकारी
जहां रहु चाडवाडको, लगाव उस्तै छ
सबै छ तर मनमा, अभाव उस्तै छ ।
निधार हेर्छ अक्षताले, धनि गरिब छुट्यॉंउछ
पहेंला ति जमराको, दवाव उस्तै छ ।
भारमा मासु उनेको, बिर्सियो जिब्रोले स्वाद
सांझ पर्योकी जिस्क्याउछ, सराव उस्तै छ ।
संस्कार अनि संस्कृति, समाजखै कता हिड्यो
सम्पतिमा बिक्यो सबै, खराब उस्तै छ ।
न चंगा, न पिंग, नझुलेका धानका वाला
यो बिदेशमा मन रुन्छ, तनाब उस्तै छ ।
लम्जुगं, हाल क्यानबेरा अष्ट्रेलिया ।
Total Page Visits: