बिनायक अधिकारी; १४ अक्टुवर २०१९

क्यानबेरा/ छक्का पन्जा निर्माण समूहको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ को क्यानबेरा प्रदर्शन हुने भएको छ । १४ अक्टुवरमा प्रदर्शन हुने भनिएको चलचित्र प्राविधिक कारणबस २१ अक्टुवरमा प्रदर्शन हुने छ । चलचित्रमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, सुपुष्पा भट्ट, रजनी गुरुङ लगाएतका कलाकार रहेका छन् । चलचित्रमा माओवादी जनयुद्धको कथालाइ पनि जोडीन खोजेको देखिएको छ । हाल उक्त चलिचित्रको जुनको जुनेली गीत चर्चामा रहेको छ ।

दीपेन्द्र लामा निर्देशित चलचित्रको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको सहकार्यमा निर्माण भएको यस फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ ।

चलचित्रमा दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपालसहितको संवाद छ भने जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेका छन् ।
Debas Events को प्रस्तुतिमा ब्रिम्टा एजुतेशनको मुख्य प्रायोजन रहेको चलचित्रमा गोल्ड स्पोन्सरको रुपमा अजी फाइनान्स एण्ड होम लोन, सिल्भर स्पोन्सरको रुपमा एसबिए मोर्गेज सलुसन र जनरल सेपोन्सरको रुपमा हिमालयन बिजनेस ग्रुप, जेबि एजुकेशन र काठमाडौ ट्राभल रहेका छन् ।
चलचित्र २१ अक्टुवर २०१९ का दिन इभेन्ट्स सिनेमा मानुकामा बेलुका ६:१५ बाट प्रदर्शन हुनेछ ।

89CB2A0E-183D-47BE-ACAB-E1402FDC9A59 क्यानबेरामा छ माया छपक्कै २१ अक्टुवरमा ।

Total Page Visits: - Today Page Visits:
Shares