बिनायक अधिकारी
बिश्वको जुनसुकै स्थानमा रहेपनि आफनो संस्कार, संस्कृति र परम्परा परिवर्तन गर्न सकिदैंन । जहॉं रहेपनि आफनो पन लुकाउन सकिदैन भन्ने उदाहरण डा. राम कृष्ण निरौलाले देखाउनुभएको छ । अष्ट्रेलियामा रहेर संगित साधनामा लागीरहनु भएका निरौलाले चाड बाइलाइन लक्षित गरि घर देखि पर पुगेकाहरु लाई घर को सम्झनाले सताऊँने र परिस्थितिबस कतिलाई चाड पर्ब परिवार संगै मनाउने संयोग नजिकै पनि मन भने घरतिरै रहने दर्शाइएको छ ।
तिहारको सेरोफेरोमा ठेट शब्द र सम्झनाहरु टपक्क टिपेर डा. निरौलाले तिहार गीत “लौ फेरी आयो तिहार” सहित म्युजिक भिडियो सहित हालै सार्बजनिक गर्नुभएको छ ।
तिहार गीतमा स्वर र संगीत डा. निरौलाकै हो भने शब्द रेणुका देवी निरौलाले लेख्नुभएको हो । आरसी थापाको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ भने अष्ट्रेलियामा नै बसोबास गर्ने नेपालीहरुको अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा नेपाल कै झल्को आउने गरि बनाइएको भिडियोमा देख्न सकिन्छ।