सुदीप त्रिपाठी प्रतीक
विस्रवेन १६, फेव्रुवरी
अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सलाण्ड च्याप्टरको आयोजनमा शनिवार विस्रवेन विसौनीको नियमित रचना वाचन कार्यक्रमको दशौ श्रृंखला सम्पन्न भएको छ ।
अस्टे«लियाको क्वीन्सल्याण्ड राज्यको विस्रवेन शहर स्थित मिचेलटन सामुदायिक हलमा सञ्चालित कार्यक्रममा गोविन्द बराल, राजन कोइराला, सफल घिमिरे, गिरीराज खनाल, सुर्दशन दाहाल, ईशा शर्मा कोइराला, मदन चापागाई, रमेश न्यौपाने , राजेश्वरी रेग्मी आचार्य, केशव शर्मा लगायतका स्रष्टाहरुले आ –आफना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्माले संस्थाका आगामी कार्यक्रमहरुको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन ईशा सर्मा कोइरालाले गर्नुभएको थियो । संस्थाले नियमित रचना वाचन लगायतलको अन्य साहित्यीक कार्यक्रमहरु पनि गर्दे आइरहेको छ