बिनायक अधिकारी; क्यानबेरा ।

क्यानबेरा नेपलिज फुटवल क्लवले सुरज पौडेलको नेतृत्वमा एक बर्षका लागी 

नयॉं समूह चयन गरेको छ । ८ अगष्ट २०२० का दिन क्यानबेरा राज्यको यारवी पोण्डमा भएको भेलाले उक्त समिति चयन गरेको हो । समूहको उपाध्यक्षमा सूर्य सॉंखी, सचिवमा किरण अधिकारी, कोषाध्यक्षमा अमुल केसी, जनसम्पर्क अधिकृतमा प्रल्हाद अर्याल र
 सदस्यहरुमा आलोक भट्ट, शास्वत श्रेष्ठ, आकाश राउत, र 

अच्युत रहनुभएको छ ।साथै समूहले टिम कोचमा आभाष थापा,

 टिम कप्तानमा सुमिन भट्टराइ र उप कप्तानमा निराजन प्रधान 

लाइ चयन गरेको छ ।

संस्थाका नव निर्वाचित अध्यक्ष सुरज पौडेलले मेरो कपुरी क संगको

 कुराकानिमा आफनो कार्यकालमा सहयोगी संस्थाहरुलाई सक्दो

फाइदा हुने गरी कार्यक्रम ल्याउने। क्लवले लिग को शुरुवात पहीलेनै 

भैसकेको हुदा त्यसमा केही सुधार गरी निरन्तरता दीने आफनो योजना

रहेको बताउनु भएको छ ।

क्लवलाइ सुरुवातका दिनदेखिनै आर्थीक सहयोग गर्ने संघसंस्थाहरु नै

 क्लवका अन्नदाता भएकोले मासिक/ त्रैमासिक उनीहरुको 

प्रचार प्रसारमा लाग्ने क्लवको योजना रहेको छ ।

हाल क्यानबेरामा अन्य स्टेट तथा टेरोटरिबाट आउने खेलाडीको संख्या वढेसगै क्लवको संख्या पनी वढेको छ । सिएनएफसि क्यानबेराको पुरानो क्लवको नाताले अरुलाई अगाडी वढन आवश्यक सहयोग गर्ने योजना रहेको छ ।

अष्ट्रेलियामा नेपालीहरुको आगमन बढे संगै सबै प्रदेशहरुले बिभिन्न समयमा फुटवल खेल आयोजना गर्ने गरेको छन् । तसर्थ सिएनएफसि पनि अन्तर प्रदेश खेल खेलाउने र खेल्नजाने गरिरहेको र त्यसलाइ निरन्तरता दिने बताउनु भयो ।

क्यानबेरामै अन्य समुदायका धेरै खेलाडीहरु रहेको हुदॉं अन्तरजातिय

  एकदिवसीय तथा लिग खेल गर्ने  लगाएतका कार्यहरु गर्न प्रयास

 रहने कुरा जानकारी दिनुभएको छ । मेरो कपुरी क बाटयहॉंहरु 

सबैलाइ बधाइ तथा शुभकामना ।

F574585A-7AA3-4F95-8532-A4AC8C578631 फुटवल क्लवको नेतृत्वमा सुरज पौडेल। नयॉं योजनाका साथ क्लवलाइ अघि बढाउने ।

F574585A-7AA3-4F95-8532-A4AC8C578631 फुटवल क्लवको नेतृत्वमा सुरज पौडेल। नयॉं योजनाका साथ क्लवलाइ अघि बढाउने ।

Total Page Visits: 2209 - Today Page Visits: 2
Shares