सुदीप त्रिपाठी प्रतीक
विस्रवेन, ४ फेबु्रवरी


गजलकार तथा साहित्यकार डा. केशव शर्माको वेदनाको भेल पोखी सँगै रुन सकिएन गजलको म्यूजिक भिडियो गत शुक्रबार सार्वजानिक गरिएको छ । ओएसर डिजिटल यूटुव्य च्यानल मार्फत सार्वजानिक उक्त गजलको म्यूजिक भिडियोमो ऋंगारिक तथा शास्त्रीय नृत्यको झल्को देख्न सकिन्छ ।
डा. शर्माको रचना, सन्तोष श्रेष्ठको संगीत तथा मनोज राज र सुजता बर्माको संयुक्त स्वरमा रहेको गजललाई साहित्यकार हेमप्रभास अधिकारीले निर्देशन गर्नुभएको छ। म्युजिक भिडियोमा गजित विष्ट र आरोही शर्माको मुख्य अभिनय रहेको छ । नवराज उप्रेत्तीको छायाड्ढन रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहीले गर्नुभएको हो । गजल मुशायाराको एक एक एघार एल्वममा समाहित उक्त गजल सार्वजानिक भएसँगै नेपाली गीत संगीत बजारमा छुट्टै चर्चा बटुल्न थालेको छ ।
डा. शर्मा पेशाले इञ्जिनियर भएपनि नेपाली कला, संस्कृति र साहित्यका विभिन्न क्षेत्रमा बाल्यकाल देखि नै कलम चलाउदै आएका व्यक्ति हुन् । अस्टे«लियाको विस्रवेनमा बस्दै आँउनुभएका शर्मा, यहाँको स्थानिय रेडियोमा सञ्चालित नेपाली रेडियो कार्यक्रमका संयोजक समेत हुन् । शर्माका यसअघि पनि गीत तथा गजलहरुको स्रंगह सपना हजार एल्वम नेपाली गीत संगीत बजारमा आइसकेको छ ।
शर्मा द्धारा रचित गजल रुजेका परेली श्रोता तथा दर्शक माक्ष अत्याधिक चर्चा बटुल्न सफल गजल हो । शर्माद्धारा रचित केही गजल तथा गीतहरुले विभिन्न समयमा हुने विभिन्न विद्या तथा अवार्डहरु हात पार्न सफल भएका छन् ।

Total Page Visits: - Today Page Visits:
Shares