बिनायक अधिकारी
एनआरएनए अष्ट्रेलियामा हिजो ३१ जुलाइमा २०२१ मा २०२१-२३ का कार्यकालका लागी भएको निर्वाचनमा लोकतान्त्रिक पक्षधर नन्दु गुरुगंको प्यानलै बिजयी भएको छ । गुरुगंले ८५८६ मत ल्याएर प्रतिस्पर्धी ज्ञानेन्द्र रेग्मीलाइ पराजीत गर्नुभएको हो । रेग्मीको जम्मा ४८७९ मत आएको थियो । त्यस्तै महासचिवमा अच्यूत थपलियालाइ पराजीत गर्दै ७८१५ मत प्राप्त गर्दै राजु अधिकारीले भारी मत अन्तरले पराजीत गर्नुभएको छ । त्यस्तै सचिवमा सन्ध्या शाहको ८१२२ मत प्राप्त गर्दै गर्दा प्रतिद्वन्द्वी तीर्थराज कार्कीले ४४३३ मतमा चित्त बुझाउनु पर्यो । कोषाध्यक्षमा अनिल पोखरेल निर्बिरोध निर्वाचित हुनुभएको छ भने सह कोषाध्यक्षमा राजकुमार नगरकोटिले ७६८३ प्राप्त भयो भने प्रत्याशी कर्णकुमार यादवलाइ ४३५२ जम्मा मत आयो । यूवा संयोजकमा बबिन मिश्रले सिड्निका महेश प्रसॉंइलाइ सजिलै पराजीत गर्नुभएको छ ।
त्यस्तै आइसिसि सदस्यहरुमा बुद्धि डल्लाकोटि, पर्सुराम अधिकारी, प्रजव्ल भट्टराइ, राजेश बुढाथोकि, प्रेमप्रसाद कणेंल, सूर्य आचार्य, परेशराज घिमिरे र नवीन भण्डारी बिजयी हुनुभएको छ । यूवा उपसंयोजकमा चन्द्र तिवारी निर्बिरोध निर्बाचित हुनुभएको छ ।
त्यस्तै नारी निकुन्जमा मन्जु खड्का निर्बाचित हुनुभएको छ । यूथ सेक्रेटरिमा क्षितिज बुढाथोकि, यूथ फोरम कोषाध्यक्षमा रंजितराज वन्त यूथ मेम्बरहरुमा आकास केसी, आस्मा पन्त, बिकल भट्टराइ, सन्देश राजभण्डारी र स्याम कृष्ण बोहरा निर्वाचित हुनुभएको छ ।
![[Tags] 4E9D506B-DD29-4D75-A71E-60FE217187DE अष्ट्रेलिया एनआरएनए अध्यक्षमा नन्दु गुरुगं र महासचिवमा राजु अधिकारी भारि मतले बिजयी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/08/4E9D506B-DD29-4D75-A71E-60FE217187DE.jpeg?resize=640%2C706&ssl=1)
![[Tags] 4E9D506B-DD29-4D75-A71E-60FE217187DE अष्ट्रेलिया एनआरएनए अध्यक्षमा नन्दु गुरुगं र महासचिवमा राजु अधिकारी भारि मतले बिजयी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/08/5C6ACBF4-6D79-4E13-8262-1F4E2EE4D853.jpeg?resize=640%2C479&ssl=1)