पश्चिम अष्ट्रेलियाको पर्थमा नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) र गैर आवासीय नेपालीहरुको संगठन पश्चिम अष्ट्रेलिया परिषद (एन. आर. एन. ए. डब्ल्यु. ए.) को संयुक्त आयोजनामा बृहत खेलकूद कार्यक्रम (हार्मोनी कप) आयोजना हुन लागिरहेको छ। विभिन्न ८ खेलकूद बिधाहरु समावेश गरिने उक्त खेलकूद प्रतियोगिता फेब्रुअरी महिनाको अन्तिम हप्तादेखि शुरु भै मार्च महिनाको अन्तिम सप्ताहन्त सम्ममा सम्पन्न गर्ने र अप्रिल ३ तारिख आइतबारका विशेष गाला डिनर एव्ं पुरस्कार वितरण समारोहका साथ सम्पन्न गर्ने लक्ष्य राखेको छ।

क्रिकेट, फूटबल, ब्याड्मिन्टन, टेबल-टेनिस , टेनिस, भलिबल, चेस र ५ कि. मि. दौड सहित विभिन्न ८ खेल बिधाहरु समावेश गरिने उक्त प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई $३५ दर्ता शुल्क तोकिएको छ; जस अनुसार ती खेलाडीहरुले ५ कि. मि. दौडका अलावा बढीमा दुई खेल बिधामा भाग लिन पाउने र खेल समापन समारोहमा आयोजना गरिने गाला-डिनर तथा पुरस्कार वितरण समारोहमा पनि सहभागी हुन पाउने व्यवस्था गरिएको छ। खेलाडी तथा टीम दर्ता यही आउने फेब्रुअरी महिनाको ६ तारिख आइतबारका दिनसम्म खुल्ला रहने छ।

हार्मोनी कप खेलकूद सम्पन्न गर्न नावा र एन. आर. एन. ए. डब्ल्यु. ए. का पदाधिकारी एवं बिभिन्न खेलकूदसंग आवद्द खेलाडी प्रतिनिधिहरु सम्मिलित हार्मोनी कप-२०२२ खेलकूद प्रतियोगिता आयोजना समिती गठन गरेको छ।
स्मरणीय रहोस्, एन. आर. एन. डब्ल्यु. ए. ले यस अघि हार्मोनी कप खेलकूदका दुई संस्करणहरु भव्यताका साथ सम्पन्न गरेका थिए।

Total Page Visits: - Today Page Visits:
Shares