नेपालको बागलुगं घर भइ हाल अष्ट्रेलियाको राजधानी क्यानबेरालाइ क्रेन थलो बनाइ रहेर नेपाली लोक गीत संगीतलाइ मॉंया गर्ने नाम हो बिक्रम शर्मा । बालक कालदेखिनै लोक संगीतमा रमाउने शर्माको नयॉं लोकदोहारी गीत ‘चौतारीमा बरको छायाँ’ बजारमा आएको छ । नयॉं च्यानलबाट गीत बजारमा लयॉंउदा चल्दैन कि भन्ने डर सबैलाइ हुन्छ तर बिक्रम शर्माले आफुलाइ त्यस्तै डर लागेता पनि गीत पहिलो दिनमा ४५ हजार भन्दा बढिले हेरिदिएकोमा खुसी ब्यक्त गर्नुभएको छ । मेरो लागी पहिलो दिनमा ४५ हजार भनेको अत्यन्तै शुखद सुरुवात हो शर्माले बताउनुभयो ।
चौतारीमा बरको छॉंया गीतमा गायनमा बिक्रम शर्मालाइ गायीका अस्मिता डल्लाकोटीले साथ दिनुभएको छ । सुनील क्षत्रीले भिडियो निर्माण गरेको गीतको मोडलमा सुनील क्षत्री स्वयम् र गीता ढुंगानाको अभीनय रहेको छ । जीवी सुनारको लय शब्दमा सजिएको गीतलाई गायकको आफनै च्यानल विक्रम शर्मा नामको युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।
गायक शर्माले आफनो जीवन भर सके सम्म गीत संगीतलाइ मॉंया गरिरहने कुरा मेरो कपुरी कको भेटमा बताउनुभएको छ ।
शर्मा गॉंउघरमा हुने सॉंस्कृतिक तथा धार्मिक कार्यक्रमहरुमा हुने गीत संगीत कार्यक्रमबाट प्रभावित भएको र स्कूल तथा रेडियोहरुमा का विभिन्न कार्यक्रमहरुमा गाएर पुरस्कार समेत जितेको संस्मरण सुनाउनुभएको छ । त्यसैले पनि आफुलाइ यसै गीतसंगीत क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउनुभयो । शर्माले आफनो गीत सुनेर कमी कमजोरीलाइ उजागर गरि सर सल्लाह दिनुभएन आफु अझै आभारी रहने कुरा पनि बताउनुभएको छ ।
![[Tags] EDADE0CB-0707-424C-BA50-336C19E8B0F0-766x1024 गायक बिक्रम शर्माको ”चौतारीमा बरको छॉंया” बजारमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/02/EDADE0CB-0707-424C-BA50-336C19E8B0F0.jpeg?resize=640%2C856&ssl=1)