लामो समयसम्म कोभिडले गर्दा हुन नसकेका कार्यक्रमहरु हिजो आज लगातार हुन थालेका छन् । दर्शकदिर्घालाइ हिजोआज समय मिलाएर कार्यक्रममा जान भ्याइ नभ्याइ छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा पनि हिजो आज यस्तै भइरहेको छ । यहॉं रहेका बिभिन्न संस्थागत तथा ब्यक्तिगत आयोजनाहरु र नेपालबाट बिदेश जान नपाएर रोकिएका कलाकारहरु पनि यतिबेला कार्यक्रम गर्न बिदेश आउनेहरुको लर्को छ ।

यस्तै कार्यक्रम आयोजना हुने क्रममा क्यानबेरामा “द उर्जा नाइट” हुने भएको छ । आयोजक कर्मा लामाका अनुसार कोभिडले गर्दा बिगतमा रमाइलो गर्ने वातावरण नभएको हुनाले पनि सबैलाइ लक्षित गरेर यो सॉंगीतिक कार्यक्रम आयोजना गर्न लागीएको जानकारी मेरो कपुरी क लाइ दिनुभएको छ । हाल क्यानबेरामा नेपाली यूवा यूवती धेरै भएको र उहॉंहरुलाइ कलेज, काम सहितका बिभिन्न तनावहरु हुने हुनाले पनि यस्ता रमाइला कार्यक्रमले गर्दा मानसिक तनाव कम हुनाले सबैलाइ रमाइलो गराउन पनि आफुले आयोजना गर्न लागेको कर्माको तर्क थियो । कार्यक्रम कर्मा सहित मिलन र डेबिडले आयोजना गर्नुभएको हो ।

कार्यक्रम नेपालको पपुलर पंप ब्याण्ड दि इलिमेन्ट्स, सहस्त्र नेपाल र स्थानिय आयाम ब्याण्डको प्रस्तुति रहने छ भने डिजे शुसील र डिजे वाइजेबाट दर्शक नचाउने प्रयास हुनेछ । कार्यक्रम २२ में आइतबारका दिन बेलुका ६ बजेबाट हुनेछ । कार्यक्रमलाइ सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसेजले प्रायोजन गरेको छ भने आरके होम लोन्स र छोमुलुंगा सहित अन्य संघ संस्थाहरुले सहयोग गरेका छन् ।

431316D9-894B-45A4-80E3-2117D7E7F348-725x1024 दि उर्जा नाइटमा उर्जा लिएर नाच्न आउन सबैलाइ निम्तो ।

Total Page Visits: - Today Page Visits:
Shares