नेपाली दुताबासमा यतिबेला काम भ्याइ नभ्याइ छ । कोभिडको महामारी पछि नेपाल जान नपाएर रोखिएकाहरु यतिबेला पासपोर्ट नविकरण गर्ने वा हराएकाहरुको नयॉं बनाउने काम तिब्र छ । जतासुकै कागजातले भरिएको छ दुताबास । नेपाली आउने संख्या तिव्र हुदै गएपछि दुताबासमा नेपालको पासपोर्ट नविकरण, घरजग्गा किनबेच सहितका बिभिन्न नेपाली कागजात प्रमाणीत सहित बग्रेल्ती डिभोर्सका चॉंगं छन् । नेपाली दुताबासका कर्मचारीलाइ डिभोर्सका पेपर हेर्दा कस्तो लाग्छ ? किन यति धेरै नेपाली सम्वन्ध बिच्छेदका लागी आइरहेका छन् ? दिनमा कति ऑंउछन् सम्वन्ध बिच्छेदका मुद्दा भन्ने प्रश्नमा दुताबासको कर्मचारीको जवाफ थियो दिनमा कम्तिमा १० ।
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 किन बढ्दो छ नेपाली समाजमा सम्वन्ध बिच्छेद ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5.jpeg?resize=640%2C229&ssl=1)
दिनमा १० बटा सम्वन्ध बिच्छेदका काग़ज़ात चेक गर्न निक्कै समय लाग्ने रहेछ । झण्डै एउटा केशको कागजात हेर्दा आधाघण्टा भन्दा बढि लाग्ने कर्मचारीको भनाइ थियो । आफुलाइ यस्ता बेमेलका कुराहरु गर्दा दुखी हुने बताउदैं कसैको पनि नाता सम्वन्ध बिच्छेद हुनु भनेको राम्रो होइन । यस्ता कुराहरु बढ्दै जॉंदा नेपाली समाजलाइ पनि नकारात्मक प्रभाव पर्ने कुरा उहॉंको कुराकानिमा प्रष्ट झल्कन्थ्यो ।
एक दम्पति संगै आए सम्वन्ध बिच्छेदका लागी र कर्मचारी भन्दै हुनुहुन्थ्यो तपॉंइहरु संगै आउनु भएको छ, बोलचाल भइरहेको छ अनि हामीले एकै दिनमा कसरि गर्ने सम्वन्ध बिच्छेद? भोलि मलाइ कसैले कसरि यो हुन सक्छ भन्यो भने मैले उत्तर के दिने ? हामीले पनि यस्ता प्रश्नहरुका जवाफ कहॉं खोज्ने ? किन बढिरहेको छ नेपाली समाजमा सम्वन्ध बिच्छेद ? यो सॉंच्चै किन भइरहेछ? बिदेश आउने बित्तिकै भर्खरैका यूवा युवतिमा किन बढिरहेछ सम्वन्ध बिच्छेद ? हामी धेरै महत्वाकांक्षी भयौं कि ? हाम्रा महत्वाकांक्षा सहि छन् कि ग़लत छन् कसरि पत्ता लगाउने ?
हामी सॉंच्चै मर्कामा छौं र सम्वन्ध बिच्छेद हो भने यस्ता समस्या र ब्यक्तिगत रुपमा परेका मर्का कसरि बुझ्ने ?
एउटा यस्तै एउटा अर्को केश भेटिएको छ । नेपालबाट पुरै प्रेम गरेर धुमधामले बिहे गरेपछि अष्ट्रेलिया आउने सल्लाह भयो । केटाले घर परिवारको सबै ब्यवहारिक कुरा मिलाएर ऑंउछु भनेर श्रीमतीलाइ ऋण धन गरेर अष्ट्रेलिया पठायो । श्रीमतीले पहिलो सेमेष्टरको पुरा शुल्क पुर्याउन नसकेपछि श्रीमानले नेपालबाटै छ लाख पठायो । यता श्रीमती बिस्तारै यताको रहन सहन तिर लागीन । कलेजमा केटा साथि भेटिए मन जिस्कदै गयो । पछि मन परेकासंग होटल जाने घर जाने गर्न थालेको कुरा उता केटाको परिवारले थाहा पायो । बिस्तारै केटाकेटि बिचमा फाटो आउन थाल्यो । स्वभाविक हो आफनी श्रीमती अन्य केटाहरुसंग हिड्न थालेपछि श्रीमानको मनले के भन्छ ? अव उल्टै अहिले केटिले आधा अंश सहित दावा सहित केटालाइ मुद्धा हालेकि छ । केटा मध्यम स्तरको हुनाले ऋण धन गरेर पैसा पठायो अहिले न पैसा न सम्पति न श्रीमती । यस्ता कुराहरुले गर्दा कति नेपाली घर न घाट भएका स्थितिहरु छन् ।
यहॉं धेरै कथा छन्, एउटा दम्पति संगै बस्थे तर सम्वन्ध राम्रो थियो । पत्नि काम गर्ने ठॉंउमा छिमेकि देशको नागरिक काम गर्ने रहेछ बिस्तारै लसपस हुदै गयो । कामगर्ने ठॉंउमा अन्य नेपालीहरुले देखें र त्यो कुरा लोग्नेलाइ सुनाइदिए अनि लोग्नेले कसरि सहने ? त्यस्तै अर्का श्रीमान थिए श्रीमतीका पछाडी अर्काको श्रीमतीलाइ चिया कफि खान आउन अफर गर्ने र बिस्तार अन्य कुरामा जोड़ दिने । बिस्तारै श्रीमतीले लोग्नेको अनैतिक गतिविधि थाहा पाइ र लोग्ने सुध्रने छॉंट नदेखेपछि छोडपत्र भयो । यी भएका कथाहरु हाम्रै अष्ट्रेलियन समाजका हुन । यहॉं कथाहरु छर छिमेक र यत्र तत्र सर्वत्र छन् ।
दुताबासमा आउने झण्डै ९० प्रतिशत भन्दा बढि सम्वन्ध बिच्छेद अबैतनित जस्तो देखियो । संगै आएका छन्, मोवाइल हेरेर हॉंसेका छन् । कतिले त बाहिर गएर संगै चुरोट खाएका छन् अनि कुरा कानि र हॉंसी खुसी देख्दा यस्तो लाग्छ उनिहरु बिच्छेदका लागी होइन नाता प्रमाणिकता लागी आएका हुन । यदि सॉंच्चैको बिवाह, सम्वन्ध वा मॉंया प्रेम थियो भने कोहि जिवनबाट छुट्टीदा खुसी को हुन्छ ? को संगै बसेर बोल्छ र को हॉंस्न सक्छ ? हामीले सच्चा प्रेमीहरु छुटेका देखेका छौं जो आत्महत्याका योजना सम्म पुगेका हुन्छन् । मनमा राखेको आफनो मान्छे छुट्टिदा खुसी हुन्छ को ? खयर जे भएपनि जे सॉंच्चैका श्रीमान श्रीमतीको सम्वन्ध बिच्छेद हुन खोज्छ भने त्यो पक्कै पनि राम्रो होइन र यस्तो नेपाली समाजमा मात्रै किन भइरहेछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । छोरीछोरीको बिहे पूर्व केटा र केटिको बारेमा राम्ररी बुझेर मात्रै बिहे गर्न सबै नेपाली बुवा आमाहरुलाइ हाम्रो अनुरोध छ । बिदेश बिदेश भनेर भएका आफना लालाबालाहरुलाइ नगुमाउनु होला ।