एकपछि अर्का सॉंगीतिक कार्यक्रमहरु चलिरहेकै बेला क्यानबेरामा अर्को म्यासिभ नाइट्स कार्यक्रम हुने भएको छ । सुसान्त केसी, समिर श्रेष्ठ र योद्धा हुने कार्यक्रम दि इभेन्ट्स फ्याक्ट्रि र ड्रीम राइट्स सिड्नीले गर्न लागेको हो । सुसान्त केसीका गुलाबी, मॉंया मा, बेहोस, साथि, रिसाउने भए जस्ता गीत चर्चीत छन् । त्यस्तै समिक श्रेष्ठका चार दिवार, बुझिदेउ, मेरो मनमा गीतहरु रहेका छन् भने योद्धा र्याप गीतहरुका चर्चित छन् । डिजे पाल्बो र डिजे याकोलाइ थप डिजे संगीतमा दर्शक नचाउने जिम्मा रहेको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 म्यासिभ नाइट्समा छुट्नुहोला है रमाउन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=190%2C50&ssl=1)
प्रोफेसनल भिजा एण्ड एजुकेशन सर्भिसको प्रस्तुतीमा हुने कार्यक्रम नाम चलेका यूवा गायकहरु रहेको हुनाले भब्य हुने आयोजक अनन्त श्रेष्ठको तर्क थियो । नेपाली गीत संगीत तर्फ बढ्दै गएको क्रेजले गर्दा पनि नयॉं पुस्तालाइ हलमा आउने छन् । कार्यक्रम फ़िक्शन क्लवमा २९ सेप्टेम्बर बिहिबार रातको ९ बजेदेखि बिहान ३ बजेसम्म हुनेछ । क्यानबेरा तथा क्विनबियनका गीत संगीत मनपराउनुहुने सबैलाइ आयोजकले निमन्त्रणा गरेको छ । कार्यक्रम १८ बर्ष भन्दा माथिकालाइ मात्रै प्रवेश अनुमति रहेको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 म्यासिभ नाइट्समा छुट्नुहोला है रमाउन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/7CC0A00E-77E1-446E-A5C7-E4FA5D8AE578-768x1024.jpeg?resize=307%2C409&ssl=1)