बिश्वकप क्रिकेटको T20 कप सिरिज अन्तर्गतको फ़ाइनल खेल रोमान्चक हुने भएको छ । लगभग सेमिफाइनलबाट बाहिरिएको पाकिस्तान साउथ अफ्रिकाले खेल हारेका कारण सेमिफाइनल खेल्न पाएको थियो । न्यूजलाण्डसंग सेमि फ़ाइनल खेलेको पाकिस्तानले सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कसले जित्ला T20 वल्डकप : बेलायत कि पाकिस्तान ?
https://successedu.com.au/

यता पोइन्टका आधारमा सबैभन्दा बलियो बनेर सेमिफ़ाइनल पुगेको भारतले हिजो बेलायतको सामना गरेको हो । सामान्य सुरुवात गरेको भारतलाइ बिराट कोहली र हार्दिक पाण्डेले सम्मानजनक अवस्थामा पुर्याएका हुन । तर बेलायतको सुरुवातीबाटनै एलेक्स र जोसको जोसीलो ब्याटिंगका कारण बिना विकेटको क्षतीमा जीत निकालेको हो । खेलमा भारतीय खेलाडी निरिह सावित देखिएका थिए । अव फाइलमा पाकिस्तानले फाइनलमा बेलायतको सामना गर्नेछ । यतिबेला पाकिस्तानले पनि आफुलाइ बिश्वकप जितेर ट्रफि भित्राउने दाउमा छ भने बलियो बेलायत सहज जीत निकाल्ने दाउमा देखिन्छ । हेरौं आइतबार कसको पक्षमा नतीजा ऑंउछ । पाकिस्तानले २००९ मा ट्रफि उचालेको थियो भने बेलायतको २०१० मा त्यसपछि दुबैले ट्रफि उचालेको छैनन् त्यसैले यसपटक दुबै खेल जीत्ने दाउमा देखिन्छन् ।

Photo : Google

Total Page Visits: - Today Page Visits:
Shares