![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 दि फन्कि फेष्ट : संगीतमा रमाउनेहरुका लागी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
क्यानबेरामा बिभिन्न सॉंगितिक कार्यक्रम गरेर एउटा भिन्दै परिचय दिन सफल “दि फन्कि मसरुम” ले फेरि अर्को सॉंगितिक कार्यक्रम गर्ने भएको छ । दि फन्कि फेष्ट नाम दिइएको उक्त कार्यक्रममा अल्बाट्रोस ब्याण्ड आउने भएको छ । फर्कि फर्कि, खसेका तारा, निश्चल जस्ता गीतहरु लोकप्रिय छन् र यसै कार्यक्रमबाट अर्को नयॉं एल्वम पनि लन्च हुने भएको छ ।
कार्यक्रममा ब्रिसबेनबाट शास्त्र नेपाल र सिड्नीबाट मुडब्लज र राजाको रेडियोले पनि साथ दिने छन् । कार्यक्रम जुन ११ आइतबारका दिन सॉंझ ७ बजेबाट दि बेसमेन्ट बार बेलकोननमा हुनेछ । कार्यक्रमलाइ कोकोन एजुकेशनले मुख्य प्रायोजन गरेको छ ।
दि फन्कि मसरुमले आफुले गर्ने सॉंगितिक कार्यक्रमहरुमा संगित साधनहरु, ब्यवस्थान र सबै सहयोगी संघ संस्था र कलाकारहरुलाइ उच्च प्राथमिकतामा राख्ने प्रयास रहने जनाएको छ । संस्थाले यहॉं भन्दा पहिला पनि दि उर्जा नाइट मा दि इलिमेन्ट्स ब्याण्ड, दि क्यानमाण्डु नाइटमा मुक्ति एण्ड रिभाइलभल, महेश काफ्ले र अस्मिता अधिकारी त्यसपछि रंक एण्ड रोल नाइटमा रबिन एण्ड दि न्यू रिभोलुसनको कार्यक्रम गरेको थियो ।
कार्यक्रमलाइ भब्य बनाइदिन सबैजना उपस्थित भइदिन कार्यक्रम आयोजक डेविड श्रेष्ठले सबैलाइ अनुरोध गर्नुभएको छ । कार्यक्रमलाइ दिपुज क्याटरिंग, नर्स एड, लिगल रेमिट, फ्लाइ लुम्बिनि, लेकसाइड गोर्खा र जेनिथ सर्भिसले सहयोग गरेका छन् ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 दि फन्कि फेष्ट : संगीतमा रमाउनेहरुका लागी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/Resized_thumbnail_1.jpeg?resize=640%2C906&ssl=1)