यो मन त मेरो नेपाली हो । हजुर यो गीत हो नेपालको पुरानो तथा चर्चित ब्याण्ड “1974AD को । सोहि ब्याण्डले ब्याण्ड स्थापनाको ३० बर्षको अवसरमा क्यानबेरामा आफना लोकप्रिय गीतहरु घन्काउने भएको छ । तिज सकिएर दशैंको आगमन हुने अवसर पारेर चर्चित ब्याण्ड 1974AD ले आफना चर्चित गीतहरु परेलीमा, संबोधन, हिड्दा हिड्दै, छुदै तिम्रो मॉंयाले, जति माया लाए पनि, पहिलो जुनीमा र यो मन त मेरो नेपाली हो जस्ता गीतहरु मार्फत दर्शकहरुलाइ मनोरन्जन प्रदान गर्ने भएको हो ।
TRN Events को आयोजनामा हुन लागेको कार्यक्रमको मुख्य प्रायोजक सक्सेस एजुकेशन एण्ड भिजा सर्भिस र स्पाइस रुट रेष्टुरेन्ट रहेका छन् । कार्यक्रम १९ सेप्टेम्बर २०२४ बिहिबारका साउथर्न क्रस क्लव उडनमा सॉंझ ५ बजेबाट हुने छ । नेपालको प्रतिष्ठित ब्याण्ड आउन लागेको हुनाले सबै क्यानबेरा क्विनबियन बासीहरु उपस्थित भइ कार्यक्रम भब्य बनाइदिने आशा गरेको कुरा आयोजक प्रदिप पाठकले मेरो कपुरीकलाइ बताउनुभएको छ । आउनुस हामी सबै मिलेर यो मन त मेरो नेपाली हो मा नाच्नु पर्छ है त ।
![[Tags] IMG_9828-300x300 यो मन त मेरो नेपाली हो । 1974AD ब्याण्ड क्यानबेरामा घन्कदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5176.jpeg?resize=640%2C800&ssl=1)
![[Tags] IMG_9828-300x300 यो मन त मेरो नेपाली हो । 1974AD ब्याण्ड क्यानबेरामा घन्कदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/08/IMG_9828.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 यो मन त मेरो नेपाली हो । 1974AD ब्याण्ड क्यानबेरामा घन्कदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_4706.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 यो मन त मेरो नेपाली हो । 1974AD ब्याण्ड क्यानबेरामा घन्कदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=640%2C401&ssl=1)