संक्रमणकाललाइ फर्केर हेर्दा ।
निर्मल अधिकारी
२०५२/२०५३ पछिका संध्या र रातहरु हरेक नेपालीको स्मृतिमा त्रासले भरीएका छन्। स्कुल गएका छोराछोरी फर्कन्छन् वा फर्कन्नन्, घाँस काट्न गएकि छोरी फर्कन्छे वा उतै बलात्कृत हुन्छे, स्कूल हिँडेका बाबु फर्कन्छन् वा त्यतै कुनै रुखमा बाँधेर मारीन्छन् कोहि कसैको ठेगान हुँदैनथ्यो। ठेगान एउटै कुराको हुन्थ्यो,मुक्तिका नाममा केहि थान युबाहरु अभिभाबकलाइ साहराबिहिन बनाएर,श्रीमतिलाइ बिधवा वा श्रीमानलाइ विदुर बनाएर र छोराछोरीलाइ टुहुरा बनाएर मर्थे अनि समाचार आउँथ्यो यति बिद्रोहि र यति राज्यका सेना मारीए।
आज जब हामी सिरिया सुन्छौँ मेरो स्मृतिमा त्यहि दिन आउँछन्।सिरिया उर्बर भुमी,उच्च हिमाल र मरुभुमी भएको भौगोलिक र साँस्कृतिक बिबिधताले भरिपुर्ण देश हो। जस्तो हाम्रो देश नेपाल छ। र आज सिरिया जुन गृहयुद्दको पिडाले छट्पटाएको छ हामिपनि त्यस्तै पीडादायी गृहयुद्दबाट मुक्त भएर आज यहाँसम्म आइपुगेका हौँ।
आजहामि सुन्छौँ सिरियामा एकपक्षलाइ रुस र अर्को पक्षलाइ अमेरिका लगायतका देशहरुले सघाएका छन्। अझ गहिरीएर हेर्दा रुस र अमेरिका प्रतिष्ठाको लडाइँ लडिरहेका छन् सिरियालाइ रणभूमी बनाएर। उनिहरु दुबैलाइ जित्नु छ त्यसका लागी उनिहरु सयौँ स्कुल र मस्जिद ढलाउन सक्छन्,जहाँ कुनै अमेरिकि र रुसी मर्दैनन् मर्छन् त सुन्दर भविष्य बोकेका अबोध सिरियनहरु।
र म आज सम्झन चाहन्छु राजाले सेना परिचालनको अनुमति नदिएपछि प्रमले राजिनामा दिएको समय र पार्टी विधानमा रहेको राजतन्त्रलाइ चुनौति दिँदै गिरिजाबाबुले सात दलको तर्फबाट बिद्रोहीसँग गरेको बाह्र बुँदे समझदारी अनि त्यसैको आधारमा टेकेर गरीएको दोस्रो जनआन्दोलन।
त्यस समय यदि राजाले आफ्नो सैन्य शक्ति प्रतोग गरेर राजतन्त्रको आयु केहि समय बढाउन चाहेको भए यति सजिलै गणतन्त्र आउने थिएन।विश्वमा बिरलै सुनिन्छन् १९ दिने जनआन्दोलन मार्फत १९/२० जनाले बीरगति प्राप्त गरेर सयौँ बर्ष पुरानो तानशाहि ब्यबस्थाले घुँडा टेकेको र विश्वमा कमै सुनिन्छन् दशकौँ युद्द लडेको बिद्रोहिलाइ शान्तिबार्ता मार्फत तेस्रो पक्षले शान्तिपुर्ण मुलधारको राजनितिमा ल्याएर गृहयुद्दको अन्त्य गरेको।
माघ १९ को राजाको कदम लोकतन्त्र बिरोधी थियो नै, जनताको सार्बभौमसत्ता खोसिएकै हो र त्यो फिर्ता लिनै पर्नेथियो लियौँ।तर जनआन्दोलनले उग्र रुप लिदै जाँदा हजारौ सैनिकलाइ ब्यारेकमै थन्क्याएर आफुसँग भएको पुर्ण शक्तिको परिक्षण नै नगरी ,धेरै मानविय क्षति हुन नपाउँदै राजा आफ्नो कदमबाट पछाडि हट्दै,बर्षौ पुरानो वंशीय शासन ब्यबस्था अन्त्य गर्न तयार हुनु सम्मानयोग्य कदम थियो र स्मरणिय रहनेछ।
त्यसैले हामिले भन्नैपर्छ,धन्यबाद पूर्बराजा ज्ञानेन्द्र शाह, धन्यबाद पूर्बप्रम स्व गिरिजाप्रसाद कोइराला अनि धन्यबाद पूर्बप्रम पयष्पकमल दाहाल जसले यो देशको गृहयुद्दमा विदेशी पस्न दिएनन्-सरकारका तर्फबाट वा बिद्रोहीका तर्फबाट।जसले गर्दा आज देश सिरिया हुनबाट जोगिएर हरेक बिहानि उदाउँदो सूर्यसँगै मुस्कुराउन पायौँ। केहि गरेनन् केहि पाएनौँ होइन हामिले सबैभन्दा ठुलो मानवअधिकार,शान्ति र स्वतन्त्रता पायौँ। धन्यबाद धन्यबाद अनि धन्यबाद।