मिसन बिनाको पत्रकारिता नपुंशक हुन्छ।

गोकर्ण खतिवडा

सत्याग्रही डा गोबिन्द केसिका पक्षमा १४ जना सम्पादकले ऐक्यवद्धता जनाएपछी नेपाली पत्रकारिता जगतमा नया तरङ्ग पैदा भएको छ। पत्रकारहरु पक्ष-बिपक्षमा बाडिएका छन्। यस सम्बन्धमा मेरो आफ्नो बिचार भने यस्तो छ।
१) निश्पक्षताको मतलब निरपेक्ष हुनु होइन। कतिपय सन्दर्भमा निरपेक्षता नपुंसकता ठहरिन्छ। राष्ट्रीय मुद्दाहरुमा एउटा पत्रकार कहिल्यै पनि निरपेक्ष रहन सक्दैन। त्यसैले नेपालका १४ जना पत्रकारले डा केसिप्रती ऐक्यवद्धता जनाए, जनाउनैपर्ने थियो, ठिक गरे।
२) एक पत्रकारको कर्म आफैमा सत्याग्रह हो। सत्याग्रह, अर्थात सत्यको आग्रह। एक पत्रकार सधै सत्यको पछाडी रहनुपर्दछ। जुन मुद्दा सामाजिक हितमा केन्द्रीत छ, जसले समाजलाइ दुरगामी असर पार्दछ, त्यस्ता मुद्दालाइ समर्थन गर्नु पत्रकारिताको मूल धर्म हो, १४ जना पत्रकारले आफ्नो धर्म निर्वाह गरे।
३) पत्रकारलाइ वाच डग समेत भनिन्छ। यसको मतलब हो, एक पत्रकारले सबै घटना र तथ्यहरुलाइ केलाएर सहि गलत छुट्याउनु र गलत हुन लागेको आशंका हुना साथ प्रतिरोधमा आफ्ना आवाजलाइ मुखरित गर्नु। १४ भाइ पत्रकारले त्यही गर्दैछन्।
४) पत्रकारितालाइ राज्यको चौथो अङ्ग त्यसै भनिएको हैन। जव राज्यका तीन अङ्गहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आफ्नो कर्तब्यबाट च्युत हुने लक्षण देखिन थाल्छन्, तब चौथो अङ्गको भुमिका बढ्न थाल्छ। अहिले भएको त्यहि हो, १४ भाइले आफ्नो त्यही भुमिका निर्वाह गर्दैछन्।
५) पत्रकार र पत्रकारिताको धर्मले भन्छ, सधै समाजका दुखी, गरिब, अशिक्षित र कमजोर पक्षलाइ साथ दिनु। पत्रकारिताले एक प्रकारले स्थायी प्रतिपक्षको भुमिका निर्वाह गर्ने गर्दछ। नेपालमा मात्र हैन, अन्य मुलुकमा समेत पत्रकारिताले आफ्नो यहि धर्म निर्वाह गर्ने गर्दछ। डा केसिले उठाएका मुद्दाहरुले यहि बर्गको प्रतिनिधित्व गर्दछ। त्यसैले १४ भाइले आफ्नो धर्म निर्वाह गर्दैछन्।
६) पुर्ण बहुमतप्राप्त सत्ताका शासक आफ्नो शक्ति र सत्ताको उन्मादमा जुनसुकै बेला अधिनायकवादी बन्न सक्छ। अधिनायबादि चरित्र मानव मष्तिष्कमा सुषुप्त रुपमा रहेको हुन्छ, यो जुनसुकै बेला पनि प्रकट हुन सक्छ। जनताको बिश्वास गुमाएको बदनाम र कमजोर प्रतिपक्षी भएको अहिलेको नेपाली राजनितिको महोलले प्रधानमन्त्री ओलिलाइ जुनसुकै बेला पनि अधिनायकबादी शासकमा रुपान्तरित गर्न सक्छ । त्यसैले १४ भाइ पत्रकारले सम्भावित अधिनायकबादको बिरोध गरेर ठिक गरेका छन्।
७) सबैभन्दा महत्वपुर्ण कुरा, पत्रकारिता व्यवसायिकताको जामा पहिरेर नपुंशक बन्न सक्दैन। पत्रकारिता हिजो पनि मिसन थियो, आज पनि मिसन हो, भोलि पनि मिसन नै रहनेछ। त्यो मिसन भनेको बिधिको शासनको स्थापना, स्वेच्छाचारी राज्य हैन पारदर्शी र विवेकशिल राज्यको स्थापना, सुसन्स्कृत, शिक्षित र भ्रष्टाचार शून्य समाजको निर्माण थियो, छ र रहिरहनेछ। त्यसैले १४ भाइले जे गरे ठिक गरे।
डा गोबिन्द केसिको यो १५ पटकको अनसन हो। नेपालको मुलधारको पत्रकारिताले सत्याग्रही केसिलाइ सधै साथ दिदै आयो, दिइनै रहनेछ। किनभने डा केसिले यो अनसन आफ्ना स्वार्थपुर्तिका लागि गरेका हैनन्। हिजो डा केसि अनसन बस्दा सरकारको रवैया जस्तो थियो, आज त्यस्तो छैन। सरकार प्रमुख ओलि र उनका मुख्य मतियार हत्या हिंसाको डरलाग्दो पृष्ठभुमी बोकेका प्रचन्ड केसि मरे, मरुन्, सरकार पेलेरै जान्छ भन्ने मनस्थितिमा देखिन्छन्। सन्सारमा कहि कतै नभएको घटना यहि भएको छ, अस्पतालमा राज्य आतंक सिर्जना गरियो। सत्ता-उन्मादमा रहेका ओलि प्रचन्ड र उनका पोष्य दासहरु यतिबेला “मार्सिवाला ब्रान्ड” बेच्न कम्मर कसेर लागेका छन्।त्यसैले १४ भाइ पत्रकारले जे गर्दैछन्, ठिकै गर्दैछन्।
समयले कित्ताकाट खोजेको छ यतिबेला। चौतारिमा बसेर मार्सी चामलको वास्नामा लोभिएर आफुलाइ ओलि-प्रचन्ड अधिनायकबादको पक्षधर बनाउने कि, समाज रुपान्तरणको लागि सत्याग्रही पक्षधर बनाउने? आफुलाइ ब्यबसायिक भनाउन रुचाउनेहरुले सोच्ने बेला भएन र?

लेखक पुर्व पत्रकार तथा लोकप्रिय कार्यक्रम खुल्ला इजलासका कार्यक्रम संचालक हुन् ।

Total Page Visits: 2371 - Today Page Visits: 1
Shares