बिनायक अधिकारी; क्यानबेरा ।

मह संचार, हरिवंश र मदनकृष्ण भन्ने बित्तिकै हामी नेपालीहरुमा एउटा ठुलो इज्यत दिमागमा ऑंउछ र उनिहरुले बनाएका चलचित्र, टेलिचलचित्र र अभीनय बेजोड हुन्छ भन्ने भान छ तर अहिलेसम्मको सोच दाल भात तरकारि संगै धेरै जसो पेटमा गयो दिमागमा नबस्ने भयो ।
कथा एउटै घरमा बुनिएको कथा तन्किरहदा दर्शकले झिंझो मान्नु स्वभाविक हो । श्रीमान श्रीमतीमा हुनै नसक्ने बाक्यहरु तं तं र म म धेरै हुनु, निरुताको रुखो बोलि एकोहोरो सुनिरहनु र हरिबंशको मुख मात्र बिगार्नुले पनि दर्शकलाइ थप चलचित्र प्रति बृतिष्णा पढ्ने कुराहरु हुन । अर्कोतिर न फिल्मको कथा सशक्त छ न प्रस्तुतीकरण । निर्देशकीय कौशल पनि कमजोर देखिन्छ । शुरूआतदेखि नै रामहरि–उर्मिलाको झगडाले दर्शकलाई विरक्तै बनाउँछ ।

71579672-BABC-4AAC-9D3E-5FF4EA64ACBD-1024x768 स्वाद नभएको “दाल भात तरकारी”

बिदेशजाने लोभमा घरखेत डुवाउनु, कलाकारका नाममा बिदेश लैजाने धन्दा, त्यस्तै फिल्मभित्र दादागिरी, धर्मका नाममा हुने ठगी, राजनीति र नेताहरूलाई तिखो प्रहार गरिएको छ जुन फिल्मका राम्रो पक्ष हुन ।

नेपालका स्तरिय कलाकारबाट दर्शकहरुले सस्ता कमेडीको अपेक्षा गर्दैनन् । स्तरको हिसाबले ‘दाल भात तरकारी’ उनीहरूको अघिल्लो फिल्म ‘शत्रु गते’ भन्दा धेरै कमजोर लाग्छ । मह जोडी र अन्य कलाकारका फ्यानलाई फिल्म राम्रो लाग्न सक्छ तर अरूलाई फिल्मले सन्तुष्टि दिन सक्दैन । फिल्मले व्यापार त गर्ला तर मह जोडीको स्तरलाई माथि उकास्दैन । अन्त्यमा फिल्मबारे भनौं, ‘दाल भात तरकारी’मा व्यङ्ग्यको वर्षा भएपनि यसको मसला धेरै प्रयोग गर्न खोजेर बिगारेको तरकारि हो भन्न सकिन्छ वा अझ भनौं राम्रो जनावर बनाउन खोज्दा खोज्दै बिग्रेको उँट जस्तो ।

71579672-BABC-4AAC-9D3E-5FF4EA64ACBD-1024x768 स्वाद नभएको “दाल भात तरकारी”

क्यानबेराका अधिकॉंस दर्शकले बेकार हेर्न आएको प्रतिक्रिया दिए । महँ जोडिको फिल्म यस्तो होला भनेर सोचेकै थिएनौं । त्यानबेरामा हिजो अर्थात ११ में मा क्यापिटल सिनेमा मनुकामा गौलि इमेन्ट्सले प्रस्तुत गरेको थियो भने मुख्य प्रायोजन हिमालयन बिजनेस ग्रुपले गरेको थियो ।

71579672-BABC-4AAC-9D3E-5FF4EA64ACBD-1024x768 स्वाद नभएको “दाल भात तरकारी”

Total Page Visits: - Today Page Visits:
Shares