बिनायक अधिकारी ; क्यानबेरा

मह संचारको प्रस्तुतिमा हॉंस्य कलाकार किरण केसीले निर्माण गरेको चलचित्र “दाल भात तरकारी” क्यानबेरामा प्रदर्शन हुने भएको छ । चलचित्र दाल भात तरकारी फिल्ममा समावेश भिजिट भिसामा बोलको गीत दर्शक श्रोताहरुले अत्याधिक रुचाएको गीत हरिवंश अचार्यले लेखेका हुन भने गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
नवनिर्देशक सुदन केसीको निर्देशनमा बनेको फिल्मको सो गीतमा हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मालगायतलाई फिचर गरिएको छ ।
११ में २०१९ का दिन क्यापिटल सिनेमा मनुकामा सॉंझ ६ बजेवाट प्रदर्शन हुने दाल, भात र तरकारी कमेडी फिल्म हो । हरिवंश आचार्यले लेखेको फिल्मको निर्मातामा किरण केसी, रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरि पौडेल र यमन श्रेष्ठ छन् ।
क्यानबेरा शोभा लागी हिमालयन बिजनेस ग्रुपको प्रस्तुति रहेको छ भने राइट एण्ड एसोसियट, एडभान्स कलेज अफ हेल्थ, जेबि एजुकेशन र एभरेष्ट ट्राभलले प्रायोजन गरेका छन् भने अन्य थुप्रै संघ संस्था सहयोगीको रुपमा रहेका छन् । टिकटका लागी गौली इभेन्ट्सको पेजमा सम्पर्क गर्न सकिनेछ ।

79175F97-B165-4567-B3D5-FA12DF457479-1024x536 “दाल भात तरकारी” ले पायो क्यानबेरामा भिजिट भिसा ।

Total Page Visits: - Today Page Visits:
Shares