हरि बार्दलि

फुल्न सक्छ फल्न सक्छ सक्छ पाक्न पनि
वारिकाे फल खाउँला अनि स्वाद मानि मानि ।
चलऊँ उन्नत उपकरण जमिन खनजाेत गर्न
पर्नेछैन हात फैलाई अरूकाे भर पर्न ।
वेराेजगारि भाकाे निउमा पासपाेर्ट हातमा वाेकि
वाउ वाजेले वनाएकाे घरमा ताला ठाेकि ।
घर खेत धिताे राखि म्यानपावरलाई पाेषि
आफ्नै विवेक भुटिएछ कसलाई भनाै दाेसि ।
पराधिनमा डराई डराई पसिनाकाे धारा
यस्ताे चालले कसाे गरि चुकाउँ देशकाे भारा ।
परदेशकाे माटाे भिज्छ शरिरमा वल छँदा
रेख देख गर्ने काेहि हुन्नन बिचल्लिमा हुँदा ।
राम्राे कमाई सरिर स्वस्थ्य भए बेशै हाेला
बाकसमा प्याक भई आए पुरै देश राेला ।
त्यसैकारण बेला छँदै साेचाै मनै मनमा
सुख दु:ख गाउँमै गराैं एकवारकाे जिवनमा ।
फुल्न सक्छ फल्न सक्छ सक्छ पाक्न पनि
वारिकाे फल खाउँला अनि स्वाद मानि मानि ।

हरि वार्दलि, भोटेवडार, लमजुगं, १२ चैत, २०७६

Total Page Visits: 1631 - Today Page Visits: 1
Shares