मुरारिबिनोद पोखरेल
जन्में देश जहॉं हिमाल र छटा सर्वोच्च उत्त्कृष्टछन्
बिश्व भुभाग उच्च लोभीलो सुनमा सुगन्धितछन्
छगंछगं खोला छललल छहरा उच्च आकास चुम्दै
तर तर तप तप छप छप गरि हिड्छ नेपाली रम्दै
माटो यहि धरातल यहीं जन्म सीताको हो नी
भाषा, बोली अनि ललितकलाको उच्च यो गर्व भो नी
जन्मे बुद्ध यहीं र राज खलमा त्याग दिए राज काज
बॉंड्दै प्रेम र शान्तिमनुभाव चम्किए बिश्व माझ
चीत्र धातु र काष्ठकला बिच अरनीको जन्मिएछन्
सील्प थप्दै अति निखार बन्दै चीनमा चम्किएछन्
जन्मे पृथ्वी यही जननीमा थियो महत्वाकांक्षा बिसाल
थप्दै थप्दै पद पद गरि सिर्जे यो देश नेपाल
कॉंध हात गरि जुवा र कोदालो भारी बिसाइ कन
एक क्षण चुस्त चुमेर गुण प्रकृति उर्जा थपी त्यै क्षण
श्रद्धा भाव मीठो मुहार हँसिलो जॉंगर छ सत्कारको
शान्ति, धैर्य तथा अठोट ढिटिलो स्वभाव नेपालीको ।
सेतो टोपी पहिरिकन हिमाल जल घडापूर्ण हुन्छ
अग्ला होता कहीं समथर जमिन बिश्वको केन्द्र जुन छ
जप ध्यान हो वा तपोवन किन नहोस हिन्दुको कर्म भूमि
यस्तो सुन्दर रमणीय थलमा कहिले पो अर्को जुनी ।