![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 जारीको हाउसफुल यात्रा क्यानबेरामा पनि ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
नेपाली कथानक चलचित्र जारीले अष्ट्रेलियाको राजधानी क्यानबेरामा पनि चलचित्र राम्रो छ भन्ने बनाएको छ । The ClassX events ले प्रदर्शन गरेको चलचित्रको पहिलो शो हाउसफ़ुल भएको कुरा आयोजक द्वय प्रकाश सापकोटा र रितन खड्काले बताउनुभएको छ । आशा छ अवका दुइ शो हरु पनि हाउसफुल हुनेछन् किनकि चलचित्र सबैलाइ मनछुने खालको छ उहॉंहरुको कथन थियो । चलचित्रको पहिलो शो १८ अप्रिल मंगलबारका दिन भएको थियो भने अव अप्रिल २१ शुक्रवार र अप्रिल २३ आइतबारका दिन सॉंझ ६ः१५ बजे प्रदर्शन हुनेछ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 जारीको हाउसफुल यात्रा क्यानबेरामा पनि ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/04/IMG_6001.jpeg?resize=640%2C360&ssl=1)
दयाहाङ राई, रामबाबु गुरुङ, उपेन्द्र सुब्बाको टिमले फेरी एकपटक एउटा राम्रो चलचित्र लिएर आएको छ । धेरैलाई थाहा नभएको लिम्बू समुदायमा रहेको जारी प्रथाको कथालाई उठान गरिएको चलचित्रमा त्यहाँको संस्कृति, रहनसहन, भाषा, भेषभूषा, परम्परा, चलनलाई प्रस्तुत गरिएको छ । हरेक सम्बन्धको कथा छ । हाँसो, रोदन सँगै २ घन्टा चलचित्रले दर्शकलाई बाँधेर राख्छ । कलाकारहरुको अभिनय राम्रो छ, दया र मिरुनाको केमिस्ट्री सुहाएको छ । उपेन्द्र सुब्बाले लेखेको कथा संबादले दर्शकहरुलाइ रमाइलो बनाउने छ । चलचित्रलाइ New GEN Education and Visa Service ले प्रस्तुत गरेको हो ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 जारीको हाउसफुल यात्रा क्यानबेरामा पनि ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/04/IMG_5999.jpeg?resize=640%2C800&ssl=1)