चलचित्र प्रदर्शन अगावै नामका कारण चर्चामा आएको चलचित्र “एक भागवत र एक गीता” क्यानबेरामा प्रदर्शनमा आउने भएको छ । नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’मा बिशेष भूमिका मार्फत के देखाउन खोजेका छन् भन्ने कथा हेर्न भने यहॉंहरुले चलचित्र नै हेर्नु पर्ने हुनेछ ।
एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, कार्तिके भनाइ थियो । चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारको अभिनय रहेको छ ।
सुनिलकुमार थापाले निर्माण गरेको उक्त चलचित्रमा निर्देशक झरना थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । क्यानबेराको शो का लागी समिट एजुकेशन तथा भीजाको प्रायोजन गरेको चलचित्र एक भागवत र एक गीता लाइ दि यात्री इभेन्ट्सले प्रदर्शन गर्न लागेको हो । सुरुवात दुइवटा शो देखाउन लागेको चलचित्र ७ अक्टुवर सनिबारका दिन र १२ अक्टुवर बिहिबारका दिन Limelight Cinema Tuggeranong मा सॉंझ ६ः१५ को सो मा देखाइने भएको छ । चलचित्र प्रदर्शनका लागी गोल्ड स्पोन्सरका रुपमा अजि फाइनान्स एण्ड होम लोन रहेको छ । त्यस्तै जनरल स्पोन्सरहरुमा Geetanjali Jeweler’s, Extratech Education Visa, Kathmandu Automobiles, Dreamtrip Travels, Golden Moments, Hoodie and Foodie रहेका छन् ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 “एक भागवत र एक गीता” क्यानबेरामा प्रदर्शन हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=300%2C134&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 “एक भागवत र एक गीता” क्यानबेरामा प्रदर्शन हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/09/WhatsApp-Image-2023-09-05-at-12.54.33-AM.jpeg?resize=300%2C111&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 “एक भागवत र एक गीता” क्यानबेरामा प्रदर्शन हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 “एक भागवत र एक गीता” क्यानबेरामा प्रदर्शन हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-300x134 “एक भागवत र एक गीता” क्यानबेरामा प्रदर्शन हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/09/IMG_8395.jpeg?resize=240%2C300&ssl=1)