बिनायक अधिकारी :- हिजोआज हरेकदिन नेपालबाट छोराछोरि बिदेशिने क्रम बढिरहेको छ । बिदेश जाने, उतै बस्ने, बाल बच्चा पाउने हुर्काउने, उतैका भाषा बोल्ने र बालवालिकाहरुलाइ बोल्न लगाउनाले गर्दा बालवालिकाहरुले बिस्तारै मातृभाषा बिर्सदै गएका छन् । अष्ट्रेलिया आएर यतै बसेका बालवालिकाहरुमा पनि यो क्रम बढिरहेको छ । अग्रेजी भाषाको माध्यममा पढ्ने, घरमा पनि बावुआमाले बालवालिकाहरुले अंग्रेजी बोल्दा गर्व गर्ने हुनाले पनि बिस्तारै नेपाली भाषा बिर्सदै गएका छन् ।
![[Tags] 13DA5924-5B3C-47FB-943B-89C38535F34C-300x225 तेस्रो पुस्ताले भाषा बिर्सीएको प्रति आमा बुवाको चिन्ता](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/13DA5924-5B3C-47FB-943B-89C38535F34C.jpeg?resize=300%2C225&ssl=1)
बिशेषगरि नेपालबाट अभीभावकहरु ऑंउदा नाति नातिनाहरुले नेपाली बोल्न बिर्सने हुनाले बोलचालै नहुनाले समस्या हुने अभीभावक शान्ता सिग्देल बताउनु हुन्छ । छोरा छोरि दुबै यतै भएकाले भेट्न आउछु तर आफुसंग नाति नातिनाले नेपाली नबोलेकोमा आफू चिन्तित भएको कुरा बताउनुभयो ।
यो हामी सबैको समस्या हो, भोलिका दिनमा नाति नातिनाले भाषा बिर्सदै जाने हो भने न त हाम्रो संस्कृति रहन्छ न त भाषा । हामी जहॉं गएपनि हाम्रो भाषा र संस्कृति सिकाउनु पर्ने कुरामा नेपालबाट आउनुभएका अभीभावक ठाकुर राज शर्मा बताउनु हुन्छ ।
![[Tags] 13DA5924-5B3C-47FB-943B-89C38535F34C-300x225 तेस्रो पुस्ताले भाषा बिर्सीएको प्रति आमा बुवाको चिन्ता](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/A94F84D7-0AA0-4CC0-90CC-943BE6A59F2D.jpeg?resize=300%2C225&ssl=1)
यी संस्कृति र भाषाका समस्याहरुलाइ रोकथाम गर्न अत्यन्तै जरुरी रहेको छ । यसैलाइ मध्यनजर गर्दै एनआरएनए अष्ट्रेलियाले टास्क फोर्स गठन गरेको छ । नेपाली पाठशाला टास्क फोर्सको गठन र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको भाषा र साहित्य बचाउने प्रयासले भने केहि सान्त्वना दिइरहेको छ ।
अवका दिनमा नेपाली भाषा बचाउनका लागी सबै नेपाली बुवा आमाहरुको छोराछोरीहरुसंग नेपाली भाषामा बोलौ, लेख्न लगाऔ जसले गर्दा आफनो भाषा प्रतिको मोह जागीरहोस ।