कबिता
प्रियसी!मलाई माफ गर
मैले तिमीलाई मायाबाहेक
कुनै अौकात दिनसकिनँ ।
मैले तिमीलाई यो मुटु बाहेक
कुनै सौगात दिन सकिनँ ।

कागजी प्रमाण मसंग थिएन
र त बिद्वान हुनसकिनँ ।
मञ्चासिन लालच कत्ति थिएन
र त ठूलो मान्छे हुन सकिनँ ।
अाफ्नो मुल्याङ्कन अाफैले नगर्दा
र बिकासे योजना अाफ्नो पोल्टामा नपार्दा
सामाजिक अभियन्ता हुनै सकिनँ ।

बाट‍ो हिड्दा पाईला कहिल्यै गनिनँ
र त कति पाईलामा भोजनालय पर्छ र
खान पाईन्छ पत्तै पाईन ।
अर्काको बढोत्तरीमा ईर्ष्या कहिल्यै गरिनँ
र त बिषालु सर्प जस्तै
ईर्ष्यालु मान्छे बन्नै सकिनँ
प्रगतिपथमा कहिल्यै
उकालो लाग्नै सकिनँ ।

जीन्दगीको प्रतियोगितामा
अगुवाको कठालो समातेर
क्रमभङ्ग कहिल्यै गरिनँ।
र त पुरष्कृत कहिल्यै भईनँ ।
प्रियसी!म त मैदानको धुलोमा रमाउने मान्छे
नदिको किनारमा छालसंगै रमाउने मान्छे।
अाऊ धुलोमा बस्नेभए
नदि किनारमा रमाउनेभए
केवल तिमीलाई पबित्र हात दिन सक्छु ।
केवल तिमीलाई पबित्र साथ दिनसक्छु ।

बिष्णु गुरुङ्ग (प्यासी )
सु.न.पा.९भोटे अोडार,लमजुङ्ग ।

Total Page Visits: 1397 - Today Page Visits: 1
Shares