भर्सटायल अभिनेत्रीको रुपमा स्थापित ऋचा शर्मालाई हृदयघात (हार्ट अट्याक) भएको छ । अहिले उनको नर्भिक अस्पतालको आइसियूमा भर्ना गरेर उपचार भइरहेको छ । बुधबार अचानक छाती दुखेपछि उनी उपचारका लागि अस्पताल पुगेकी थिइन् । अहिले अभिनेत्री शर्माको उपचार भइरहेको र स्वास्थ्यमा क्रमशः सुधार देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनलाई ‘एन्जियोप्लास्ट’ गरिसकिएको छ । शुक्रबार साँझसम्म उनलाई आइसियूबाट प्राइभेट वार्डमा सारिने बताइएको छ । नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालको चिकिस्तीय टोलीले अहिले उनको उपचार गरिरहेको छ । अभिनयसँग-सँगै पछिल्लो समय फिल्म निर्माणमा पनि सक्रिय उनी अभिनीत तथा निर्मित फिल्म ‘सुनकेसरी’ यस वर्ष प्रदर्शनमा आएको थियो । स्रोत : फिल्मीकुरा ।
Total Page Visits: 833 - Today Page Visits: 1