हार्दिक श्रद्दासुमन वीर शहिदहरुमा
अनिता भण्डारी (पौडेल )
नंया बानेश्वर ,काठमाडौँ
जिउदै आहुती दिने हाम्रा प्यारा साहसी बिरहरु
देशको मुहारसंगै बदलिदियौं कयौंका तग्दिरहरु
बाँच्नेको नि शरीर अंगभंग कठै तिनको बिचल्ली
हेर्दा हेर्दै छुट्टीएर भागे शरीरबाट तिनका शिरहरु
के गर्यौ के गरेनौ शहिद तिमीले देशको लागी मर्दै
झुण्डाइदिए भित्ता र बाटाभरी बनाएर तस्बिरहरु
बल्ल बल्ल मुस्किलले सम्झिदिन्छन् एक दिन
कसले बुझ्यो र खै परिवारको बिचल्ली र पीरहरु
फूल माला चढाउदै मनमा भक्ति गरेजस्तो गरि
मुटु छेड्ने गरी चलाउछौ सरकार बन्दुक र तिरहरु
मन मनमा हार्दिक श्रद्दासुमन वीर शहिदहरु प्रति
बनाउनु पर्छ टोल टोलमा शहिद नामका मन्दिरहरु ।