कविता
नारी दिवश
अनिता भण्डारी (पौडेल)
नँया बानेश्वर ,काठमाडौँ
नारीलाई शक्तिशाली भगवानले बनाए
आफ्नो अघि नाम राखी सृष्टि चलाए
गौरीशंकर लक्ष्मीनारायण बने सिताराम
युगयुग फेरिए नि उनकै चर्चा राधेश्याम
सोह्र सृंगार कोमल हृदय शब्द छैन पोख्ने
न त बनेका छन् तराजु भावनालाई जोख्ने
अनुहारमा चमक अनि खुशी बनाई हतियार
घर अफिस मिलाई धानेकी छन् परिवार
इष्टमित्र आफ्ना पराई व्यबहार दर्जा हेरी
गर्दिनन् कर्तव्यमा भेदभाव सबै बराबरी
नारी कमजोर भन्ने मानसिकता अझैपनि
देख्दैनन् यँहा महान् संसारै हल्लाएपनी
बुद्धिविवेक दू:ख कष्ट सारा भोग्छिन नारी
हाँसीहाँसी सजाउछिन् घर- खेत फूलबारी
असल नारी भए भने पुरुष भाग्यमानी
हाँसीखुशी बित्छ संधै मिठो जिन्दगानी
बुझेर नै अबदेखि नारी सम्मान गरौं
अभिमानको पहाडबाट फेदीतिर झरौं
हातेमालो गर्दै चलाऔं आफ्नो घरबार
साग सिस्नु अमृत हुन्छ झुपडी दरबार
हेर्ने आँखा असल भए सारा जगत राम्रो
घरमात्र कँहा हो र देशै सुन्दर हुन्छ हाम्रो
महिला जागरुक र जागरणका पाठ पढाऔं
महिला श-शक्तिकरणको भावना जगाऔं
नारीपुरुष दिवश मनाऔं गरौँ जयजयकार
शिशिरमा नि फूल्छ फूल हुदैन हाहाकार