सुदीप त्रिपाठी प्रतीक; ब्रिजवेन :- ११ मे २०१९
अस्ट्रेलियामा यो बर्ष नेपाली नृत्य प्रतियोगिता हुने भएको छ । अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको ब्रिसवेनमा आँउदो सेप्टेम्बर महिनाको २८ र २९ गते नेपाली नृत्य प्रतियोगिता गर्न लागिएको हो ।
नेपलीज एशोसियसन अफ क्वीन्सल्याण्डको आयोजना, गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सहभागिता र अस्ट्रेलिया स्थित नेपाली राजदुताबास लगायत नेपाली सामुदायिक संस्थाहरुको सहयोगमा आयोजना हुने एक्स्पर्ट नेपाली नृत्य प्रतियोगिता २०१९ को आयोजक समितिको हिंजो शुक्रबार बसेको बैठकले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता अस्ट्रेलिया र न्यूजील्याण्ड व्यापी हुने उल्लेख गरेको छ । प्रतियोगिता ब्रिसबेन स्थित क्वीन्सल्याण्ड युनिवर्सि्टि अफ टेक्नोलोजी को गार्डेन्स थियटरमा हुनेछ ।
![[Tags] 6BC4F5E2-DA46-4A1E-8B38-B27AEC98BEAA अष्ट्रेलियामा नेपाली नृत्य प्रतियोगिता हुने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/05/6BC4F5E2-DA46-4A1E-8B38-B27AEC98BEAA.jpeg?resize=640%2C426&ssl=1)
अस्ट्रेलिया र न्यूजील्याण्ड बासी नेपाली मूलका प्रतियोगीहरुले सहभागिता जनाउन सक्ने उक्त प्रतियोगितामा नेपाली भेषभूषामा परम्परागत नेपाली सस्कृति झल्कने खालका नृत्य प्रस्तुत गर्नुपर्ने बाध्यात्मक ब्यबस्था रहेको आयोजक समितिले बताएको छ ।
एकल, युगल र समूहगत गरि तीन विधामा यो प्रतियोगिता हुने र प्रतियोगितामा सहभागीहरुको छनोट सहभागीहरुले तैयार गरि पठाएको नृत्य भिडियोको आधारमा गरिने छ । २८ सेप्टेम्बरका दिन हुने पहिलो चरणको नृत्य प्रतियोगिताबाट छनोट भएकाहरुले मात्र २९ सेप्टेम्बरको फाइनल चरणमा प्रवेश पाउनेछन । प्रतियोगिताको निर्णायक समितिमा नेपालबाट आमन्त्रित नेपाली नृत्यका बिज्ञ कलाकार सहित अन्य नेपाली नृत्य जानकारहरु रहने ब्यबस्था गरिने भएको आयोजक समितिले जानकारी गराएको छ ।
![[Tags] 6BC4F5E2-DA46-4A1E-8B38-B27AEC98BEAA अष्ट्रेलियामा नेपाली नृत्य प्रतियोगिता हुने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/05/992A26A2-0F07-43F5-B85C-D5BAA5F1CD98.jpeg?resize=640%2C426&ssl=1)
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश सिंगल नृत्यतर्फ ८ सय ,५ सय र ३ सय डलर त्यस्तै यगुल नृत्यतर्फ १२ सय, ६ सय र ४ सय डलर त्यस्तै समूहगत नृत्यतर्फ १६ सय, ९ सय र ५ सय डलर नगद पुरष्कार साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
सन २००९ देखि प्रत्येक २ बर्षमा सञ्चालन हुदै आइरहको नेपाली नृत्य प्रतियोगिताको यो पाँचौ संस्करणको कार्यक्रम हो । यस अघि २०१७ मा हुनुपर्ने नियमित कार्यक्रम हुन सकेको थिएन । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नेपाली कला संस्कृतिको जर्गेना गर्नु का साथै प्रतिभावान नेपाली कलाकारहरुलाई कला प्रस्तुति को साझा थलो उपलब्ध गराउनका लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक केशव शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि हुनको लागि मे १५ तारिखमा आवेदन खुल्ला हुनेछ र आवेदनको म्याद जुलाई १ तारिख सम्म रहने बताइएको छ । नृत्यमा सहभागि हुन चाहाने प्रतियोगीहरुले आफनो नृत्य प्रस्तुतिको भिडियो छनोटको लागि आयोजकलाई पठाउनुपर्ने उल्लेख गरिएको छ ।
प्रतियोगिताको शिर्षक प्रायोजक एक्स्पर्ट एजुकेशन तथा भिसा सर्विसेज र मुख्य प्रायोजक अस्ट्रेलिया इन्टरनेसनल बिजिनेस अकाड़ेमी रहेको र ब्रिसबेन लगायत अन्य शहरमा रहेका ब्यापारिक प्रतिष्ठानहरु प्रायोजक रहने आयोजकले जनाएको छ ।