बिनायक अधिकारी : २७ में २०१९

पहिलो चलचित्र जात्रा को दोस्रो भागको रुपमा आएको चलचित्र जात्रै जात्रा क्यानबेरा आउने भएको छ । हिमालयन बिजनेस ग्रुपको प्रस्तुतिमा दि यात्री इभेन्ट्सले चलचित्र प्रदर्शन गर्न लागेको हो । नेपालमा राम्रो चलचित्रको उपमा दिइएको चलचित्र जात्रै जात्रामा पहिलो जात्रामा पैसा काण्डलाइ प्रस्तुत गरेको थियो भने यसमा सुन काण्डलाइ प्रस्तुत गरेको छ ।

‘जात्रै जात्रा’ को पहिलो भाग ‘जात्रा’ बाट डेब्यू गरेका निर्देशक भट्टराईले यसपछि उनले फिल्म ‘शत्रु गते’ को क्याप्टेनसिप सम्हालेका थिए । एकपछि अर्को सफल फिल्म दिइरहेका उनीबाट भोलीका दिनमा दर्शकले अझ सशक्त फिल्मको अपेक्षा राखेका छन् । ‘जात्रै जात्रा’ मा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगयतका कलाकारहरुको अभिनय छ ।

जुन १ का दिन क्यापिटल सिनेमा मनुकामा बेलुका ६ बजेवाट प्रदर्शन हुने चलचित्रका लागी www.ticketcart.com.au वा दि यात्री इभेन्ट्सका साथिहरुलाइ सम्पर्क गर्न सकिनेछ ।

ED1D7EB2-9EEA-4D62-AE2F-627CF104BE4E जात्रै जात्रा छुट्ला है ।

Total Page Visits: - Today Page Visits:
Shares