बिनायक अधिकारी : क्यानबेरा
क्यानबेरामा २१ र २२ सेप्टेम्बरमा संचालित एम्बेसी कप फुटवल प्रतियोगिता सम्पन्न भएको छ । जम्मा १६ वटा टिम सम्मिलित एम्बेसी कप फुटवलमा ३५+ मा चारवटा र यूथ टिममा सिड्नि, मेलबर्न, अल्बेरी र एडीलेड का टिमहरु सहभागी थिए । फाइनल खेल दि राइजिगं स्टार गोर्खा र वेष्ट यूनाइटेड बिच भएको थियो । ४० मिनेटको खेलमा दुबैतिरबाट गोल हुन नसक्दा खेलमा १० मिनेट थपिएको थियो । थप समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टि सुट आउटमा पुगेको थियो । अन्त्यमा दि राइजिगं स्टारले खेल धेरै जालि चुमाउन पुग्यो र बिजयी हुन सफल रह्यो । त्यस्तै ३५+ मा सिड्नि मेलवर्न अल स्टार बिजयी हुन सफल रह्यो भने सेन्ट जोर्ज नेपलिज क्लव दोस्रो हुन सफल भयो ।
प्रतियोगितामा महिलाहरुलाइ फुटवल खेलमा सहभागी गराउनका लागी महिला फुटवल पनि खेलाइएको थियो । दुबैतिरवाट ३/३ गोल गरेर खेल बराबरीमा सकिएको थियो । साथै यो बर्षबाट ३५+ फुटवल खेल सुरु गरिएको छ यसले गर्दा सबैलाइ फुटवल खेलमा आकर्षण गर्ने हामीले आशा गरेका छैन क्लवका अध्यक्ष आशीष सापकोटाले बताउनुभयो ।
![[Tags] C111525C-314C-4B39-8543-4C5D28AE8387-1024x768 दि राइजिंग स्टार गोर्खाले जित्यो एम्बेसी कप फुटवल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/C111525C-314C-4B39-8543-4C5D28AE8387.jpeg?resize=640%2C480&ssl=1)
प्रतियोगीतामा ३५+ बाट उत्कृष्ट गोलकीपर रोशन शाहि, बेष्ट प्लेयर बिशाल सुबेदि, धेरै गोल गर्ने बिकास गौचन र फियर प्ले टिम एवार्ड भुटनिज हाइल्याण्डर चएन गरिएको थियो । त्यस्तै यूथ तिर बेष्ट प्लेयर प्रनिश रन्जित, बेष्ट गोलकीपर सुमल श्रेष्ठ, बेष्ट स्कोरर ऑंग्दे शेर्पा र रमेश बस्नेत फेयर प्ले टिम सेन्ट जोर्ज नेपलिज फुटवल क्लवले पाएको हो । खेलमा पहिलो हुने टिमले $४५०० नगद, प्रमाणपत्र र मेडल र दोस्रो हुनेले $२००० नगद, प्रमाणपत्र र मेडल पाएका छन् ।
![[Tags] C111525C-314C-4B39-8543-4C5D28AE8387-1024x768 दि राइजिंग स्टार गोर्खाले जित्यो एम्बेसी कप फुटवल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/2C579C14-1371-415E-B661-88DC7335D22C.jpeg?resize=640%2C480&ssl=1)
खेलको समापनमा फुटवल फेडेरेसन अष्ट्रोलियाका मीडीया तथा गभर्मेन्ट म्यानेजर अतिथिका रुपमा सहभागी हुदै नेपाल र अष्ट्रोलियाको फुटवल खेलको फ्रि टिकट प्रदान गर्नुभएको थियो । उहॉंले आफु फुटवल खेल हेरेर खुसी भएको प्रतिक्रिया दिनमभएको थियो । त्यस्तै बिशेष अतिथिका रुपमा बहुसॉंस्कृतिक मामीला छॉंया मन्त्रि एलिजावेथ केकृट कार्यक्रममा उपस्थित हुनुभएको थियो । कार्यक्रममा बोल्दै आफू नेपालीहरुको खेलप्रतिको रुचि, सहयोगी भावना र सबैजनाको संग्लनता देखेर ऑंफुलाइ खुसी लागेको कुरा बताउनुभएको थियो । मुख्य अतिथिका कयरुपमा का बा राजदूत दुरपदा सापकोटाले खेल हेरेर आफू अत्यन्तै खुसी भएको र यो सहयोग अर्को बर्ष पनि रहने जानकारि दिनुभयो । कार्यक्रम नेपाली दुताबासका प्रतिनिधिहरु, एनआरएनएका उपाध्यक्ष चुडामणी सापकोटा, अग्रज समाजसेवी डा कृष्ण हमाल, एएनएफएसका अध्यक्ष खुश्बु नेउपाने र सिएनभिसि अध्यक्ष यूवराज खनिया सहित अन्य थुप्रै नेपाली प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोजकले स्पोन्सर तथा सहयोगी संघसंस्थालाइ प्रमाणपत्र प्रदान गरेको थियो ।
![[Tags] C111525C-314C-4B39-8543-4C5D28AE8387-1024x768 दि राइजिंग स्टार गोर्खाले जित्यो एम्बेसी कप फुटवल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/8CDDC8D2-BFD3-4F7C-9478-8F04A7DA847E.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] C111525C-314C-4B39-8543-4C5D28AE8387-1024x768 दि राइजिंग स्टार गोर्खाले जित्यो एम्बेसी कप फुटवल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/E9674605-4221-4EEC-809F-305A717B35B9.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] C111525C-314C-4B39-8543-4C5D28AE8387-1024x768 दि राइजिंग स्टार गोर्खाले जित्यो एम्बेसी कप फुटवल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/560C6743-1277-497B-80E9-F8839C4B22B2.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] C111525C-314C-4B39-8543-4C5D28AE8387-1024x768 दि राइजिंग स्टार गोर्खाले जित्यो एम्बेसी कप फुटवल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/1C29DE4B-318C-4A1D-A2EB-1306F2D3212B.jpeg?resize=640%2C438&ssl=1)
![[Tags] C111525C-314C-4B39-8543-4C5D28AE8387-1024x768 दि राइजिंग स्टार गोर्खाले जित्यो एम्बेसी कप फुटवल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/CA5BC2FC-361A-4FBF-93AB-C14832657320.jpeg?resize=640%2C476&ssl=1)