बिनायक अधिकारी
राम्रो भबिष्यको आशामा अष्ट्रोलिया बिदेशिएका नेपालीहरु यतिबेला देश छाडेकोमा चिन्तित देखाएका छन् । एकपछि अर्को बिनाशकारी चिजहरुले सताइरहँदा देश र परिबार छाड्दाको पिडा यतिबेला मजैले भोगीरहेका छन् । २०७२ सालमा देशमा ठुलो भूँइचालो गयो उतिबेला हामीले यता बसेर केहि राहत जम्मा गरेर घाममा मल्हम लगाउने काम गर्यौं । हाम्रो मन केहि बन्नका भयो किन्ने आफनो मातृभूमिलाइ मॉंया गर्न पॉंउदा पक्कै मन खुशी हुन्छ नै । भूइचालोको समयमा हामी चौबिसै घण्टा पिडामा रह्यौं किनकि हाम्रो कयौं मॉंयाका पोकाहरु भुइचालोले लिएर गयो । आफना परिवार आफन्तजन सबै नेपालमा हुदा र आफू यता हुदा पक्कै पनि झनै धेरै पिडा हुने रहेछ । उक्तसमयमा दिनहुँ जसो जाने भुकम्प र यसका धक्काहरुबाट धेरै क्षति बेहोरेको देशमा अझैपनि राहतका सामाग्री पुगेका छैनन् जनता अझै पालमुनि छन् यसका पिडा मनभरि बॉंकि नाम छन् ।
अष्ट्रेलियामा यतिबेला एकलाख भन्दा धेरै नेपालीहरु छन् । कि सबैजना राम्रो भबिष्यको आशामा यता आएका हुन् भन्दा फरक नपर्ला । एउटा पक्षपात हेर्दा पैसा र जिन्दगी बिताउने तौर तरिका ठुलो हो भने अर्को पक्षबाट हेर्दा देश परिबार र समाज आफनो रहेछ । हामीलाइ जसरि भूइचालोमा देश दुख्यो त्यसैगरि २०१९ को अन्त्यमा अष्ट्रेलियामा फैलेको आगोले आम नेपालीहरु र बिश्वभरका मानिसहरुको मन पोल्यो । हरेकदिन फोन र सामाजिक संजालबाट हुने सूचना आदान प्रदानमा सोध्ने मुख्य कुरानै आगो निभ्यो भन्ने हुन्थ्यो । आगोले बेसरि थिलो पारेको अष्ट्रेलिया सम्हालिन नपॉंउदा फेरि कोरोना (कोभिड १९) भाइरसले सबै बिश्वलाइ तक्साएको छ ।
आफूलाइ शक्तिशाली मान्ने अमेरिका देखि जापान कोरिया पनि तस्त्र छन् । इटली र स्पेन सबैभन्दा आक्रान्त छन् भने अष्ट्रेलिया पनि त्रसित भएको छ । अष्ट्रेलियामा दिनप्रतिदिन कोरोना लाग्नेहरुको संख्या ३००० बाट बढ्दो छ भने मृत्यु हुनेहरुको संख्या (यो लेख तयार गर्दा सम्म) १४ पुगेको छ । यतिबेला सबै अष्ट्रेलियन सहित यहॉं रहेका नेपालीहरुमा भोलिको भबिष्य के होला भन्ने अन्योल आएको छ । आफूमात्रै यता र सबैका बुवा आमा सहित आफन्तहरु नेपालमा रहेको र न आफूं नेपाल जान सकिने न त बुवा आमालाइ यता बोलाउन सकिने अवस्था छ । यस्तो अवस्थामा कमसेकम सबै परिवार संगै भए शुख दुख बाडेर बस्न सकिने अवस्था हुन्थ्यो तर यो अवस्थामा उता रहेकालाइ यताको पिर र यता रहेकालाइ उताको पिर ।
यो जवर्जस्ति बन्दि अवस्थामा कस्तो सोच हुने रहेछ भने यो पैसा र शुख सयलमात्रै जिन्दगी हो र ? सबैभन्दा ठुलो त खुसी परिवार पो हो त । म बुवा आमा परिवार र समाज छोडेर किन बेकारमा बिदेश आउछु भन्ने सोचले गिजोलिरहेको छ ।पारिवारिक शुख भन्दा ठुलो पैसा सम्पति हुने रहेनछ ।जव मानिसलाइ दुख पिडा पर्छ तव बल्ल देश, परिबार, समाज र इश्वर संझने रहेछन् । आफूं जन्मिएर हुर्केको मॉंटोनै आफनो लाग्ने रहेछ । यतिबेला हामीलाइ पनि सहि अवस्थाले गुज़ारेको छ । शुख दुख सबै संगै साट्न छाडेर बेकारमा यो अर्काको देशमा किन आइएछ भन्ने प्रश्न बारम्बार मनमा गुन्जिरहेछ । तर यो बृतिष्णाको कारण एउटै छ । देशमा हुने ब्यापक भ्रष्टाचार, जागीर खानकै लागी हुने चलखेल, सर्टिफिकेट सिरानीमा राखेर सुत्नु पर्ने, शिक्षामा भएको ब्यापक ब्यापारिकरण र असुरक्षित स्वास्थ्य र मंहगीले गर्दा आम नेपालीहरु दिन प्रतिदिन नेपालीहरु बिदेशी बाध्य भएका छन् ।
यतिबेला यी सबै कारणहरुले बृतृष्णाले महाकवि देवकोटाको कविता “ हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिष्नु खाएको बेस आनन्दि मनले” मनमा गुनिरहेको छु ।