अनमोल शर्मा रेग्मी
कदापि सक्दिन,सहन अनि हेर्न
आफ्नो प्रतिकुल समय
कसैको प्रगति, कसैको उन्नति
डाहाले छटपटाहट हुन्छ
तुरुन्तै बिकल्पको खोजीमा पुग्छु
अन्तस्करणमा थोरै माया
प्रश्न उठाउछु, उसको नैतिकता
उसको मेहनत माथि
तर चिल्लो कारको धुलो, मेरो अनुहारमा
अन्जानमा हो ,तर अन्जान मान्दिन
दिमाग सन्किन्छ,मुटु जल्छ
प्रतिशोधको भुमरीमा
अमुक भैइ उजुरी दिन्छु
ब्याक्तित्वको पहिचान बिना
पलभरमै बर्दिधारि
देशद्रोही सरह
हतकडिका साथ ,पुर्याइन्छ चिसो खोरमा
प्रतिबाद हुन्छ,कसुर खोजिन्छ
अनभिज्ञता जाहेर गर्दै
अध्यारो कोठाबाटै तिर चलाउन्छ्न
कुकर्मका पुजारीहरु
पबित्र शिवालय भित्र
शिष्यको पबित्रता माथि
बुट, लाठी र अपशब्दले
मानसिक र शारीरिक यातना दिन पुग्छ्न
एउटा अमुकको उजुरीमा
निमेषभर मै सनसनी पुर्ण खबर
एक समाज सुधारक हिरासतमा
ब्याक्तित्व जान्नेहरु स्तब्ध हुन्छ्न
जुटाउछ्न, तुरुन्तै जुट्छ समाज
सत्यतथ्यको खोजीमा
प्रश्न उत्तरको दोहोरो टकराब हुन्छ
कसुरको स्पस्टिकरण मागिन्छ
तर सजिलै जवाफ आउँछ
एउटा अमुकको उजुरीमा
प्रतिष्ठाको लिलाम बचाउन
बाध्य बनाईन्छ प्रत्युत्तर दिन
कानुनको ठेली पल्टाईन्छ
कसुरको दण्ड जरिवाना खोजिन्छ
तर बिडम्बना
अमुकको बास्तबिकता खोजिदैन
समाजमा सोधपुछ गरिदैन
गरिन्छ त केबल त्यहाँ
दोषी ठहर भए सजायको भागिदार
निर्दोष भए केबल माग्छ्न क्षमादान
एउटा अमुकको उजुरीमा
वाह! मेरो देशको न्यायलय
भैरहवा, नेपाल ।