आङ दावा जाङवु शेर्पा अक्टोबर-९, पर्थ, वेष्टर्न अष्ट्रेलिया,
गैर आवसिय नेपालीहरुको संगठन एन. आर. एन. पश्चिम अष्ट्रेलिया राज्य समन्वय परिषदको आयोजनामा यही अक्टोबर १०-११ तारिख, शनिबार र आइतबारका दिन पर्थमा हार्मोनी कप खेलकूद प्रतियोगिता हुन लागिरहेको छ।
हार्मोनी कपको दोस्रो संस्करणको रूपमा आयोजना गरिएको यस खेलकूद विगत वर्षको भन्दा धेरै परिष्कृत र खेल बिधाहरुमा बिविधतका साथ खेलकूद कुम्भ मेलाको रूपमा आयोजना हुँदैछ।
गत वर्ष फूटबल, भलिबल र क्रीकेट मात्र समवेश गरिएकोमा, यस वर्ष टेवल-टेनिस, ल्वन-टेनिस, व्याडमिन्टन र ५ कि. मि. म्याराथन थपेसंगै बिभिन्न ७ खेल बिधाहरु समावेश गरिएका छन, भने करिव २५० जना खेलाडीहरुले प्रत्यक्ष्य प्रतिष्प्रदा गरी खेलकूद क्षेत्रलाई नयाँ आयाम दिने महत्व्कांक्षा राखेको छ। जस अनुरुप क्रीकेटमा ६ टिम, भलिवलमा ५ टिम, फूटबलमा खुल्ला समूह तर्फ ४ टिम र ३५ वर्ष भन्दा माथिका उमेर समूहमा २ टिम रहने छन भने, टेवल टेनिसमा २७, व्याडमिन्टनमा १२ जना र ५ कि. मि. दौडमा २५ जना भन्दा बढीले सहभागिता जनाउने छन।
यस खेलकूद आयोजनाका लागि पर्थमा रहेका बिभिन्न ब्यवसायीहरुले खेल प्रायोजन गरेका छन भने, बिभिन्न खेलकूद क्लब र नेपालीहरुको छाता संगठन नावाले पनि सहयोगी भूमिका निर्वाह गरेका छ्न।
एन. आर. एन. डब्ल्यु. ए. का संयोजक कृष्णमान श्रेष्ठले खेलकूदका माध्यमबाट सामजिक सद्भाव बढाउनका साथै खेलाडीहरुको मनोवल बढाउने बताए भने एन. आर. एन. ए. डब्ल्यु. ए. का सचिब दिपक बस्नेतले यस खेलकूद कार्यक्रमलाई डब्ल्यु. ए. को अहिले सम्मकै ठूलो खेलकूद प्रतियोगिता हुने बताए।
दुई दिनसम्म चल्ने सो प्रतियोगिताका बिजेताहरुलाई आगमी अक्टोबर १८ तारिखका बेलुकी स्थानिय सर्वियन कम्युनिटी हलमा आयोजना गरिने गाला डिनरमा कप, प्रमाण-पत्र तथा पुरस्कार वितरण गरिने एन. आर. एन. डब्ल्यु. ए. को कार्यक्रम रहेको छ।