बिनायक अधिकारी : ५ जुन २०२१
अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्यानबेरा च्याप्टरको आयोजनामा १९ जुन सनिबारका दिन साहित्यिक कार्यक्रम हुने भएको छ । कोरोनाको महामारिबाट संसारनै प्रताडित रहेको हुनाले बिचको केहि समय कार्यक्रमहरु हुन सकेका थिएनन । यसको असर लामो समय गरिरहेको हुनाले अव बिस्तारै कार्यक्रम हरु हुन् थालेका छन् तर कतिबेला यस्तो असर बढ्ने हो र फेरि सबै कार्यहरु स्थगित हुनेहुन भन्ने कुरा चॉंहि तपशिलका बिषय छ ।
साहित्य मार्फत बर्तमान परिस्थितिलाइ आत्मसाथ गर्दै कविता बाचन तथा चियापान समारोह मार्फत भेटघाट गरि सुख दु:ख बाड्न अनेसास क्यानबेरा च्याप्टरले क्यानबेरा तथा क्विनबियनबासी सबै नेपालीहरुलाइ निमन्त्रणा गरेको छ । क्यानबेरामा रहेका साहित्यिक प्रतिभाहरुलाइ बाहिर ल्याउन र साहित्यमा चासो राख्नहरुका लागी पनि यो एउटा सुखद जमघट हुनेछ । यहॉंहरु तथा आफना बालबालिकासंग भएका कविता तथा गजल लिएर आउन समाजका महासचिव काशी भुसालले यहॉंहरु सबैलाइ अनुरोध गर्नुभएको छ । उहॉंले सकेसम्म सबैसजा उपस्थित रहेर आफनो भाषा र साहित्यलाइ मॉंया गरिदिनुहुन पनि आग्रह गर्नुभएको छ । मेरो कपुरी क संगको कुराकानीमा बर्तमान अध्यक्ष चन्द्र तिवारीले हाम्रो चाहना भनेको नेपाली साहित्यलाइ जोगाउन पहल गर्ने र नयॉं पुस्तकालय पनि यसतर्फ आकर्षण गराउने आफनो उद्धेश्य रहेको बताउनुभयो ।
आफना उत्कृष्ट रचना सुनाउने र अन्य साहित्यकारहरुका साहित्य सुन्ने अवसरमा क्यानबेरा तथा क्विनबियन क्षेत्रमा रहनुभएका सबै नेपालीहरुलाइ उपस्थितिको लागी अनेसास क्यानबेराले अनुरोध गरेको छ ।
मिति : १९ जुन सनिबार २०२१
समय : बिहान ११:३० बजे
स्थान : 63 woolongong st Fishwick ACT (Golden Spoon Cafe)
![[Tags] AE03EAEA-EC01-4206-8DE9-93A3A68EBD81-882x1024 अनेसास क्यानबेराले साहित्यिक कार्यक्रम गर्दै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/06/AE03EAEA-EC01-4206-8DE9-93A3A68EBD81.jpeg?resize=640%2C743&ssl=1)