अष्ट्रेलियाको राजधानि क्यानबेरामा एकदिवसीय भलिवल कप सम्पन्न भएको छ । क्यानबेरा नेपलिज भलिवल क्लवले आयोजना गरेको प्रतियोगीता आज जुलाइ ९ सनिबारका दिन क्यानबेरा क्षेत्रमा रहेका नेपाली भलिवल खोलाडीहरु सम्मिलित समूह बनाएर प्रतियोगिता गरेको थियो । जसमा तिनवटा भुटनिज टिम सहित तिन नेपाली क्लवको सहभागीता रहेको थियो । जसअनुसार दुइ समूहमा बिभाजन गरी लिग खेल खेलाइएको थियो । सेमीफाइनलमा एक भुटनिज सहित तिन तिनैवटा नेपाली टोलि पुगेका थिए भने फाइनलमा टिम सेतो र टिम रातोबिच कडा प्रतिष्पर्धा भएको थियो तर टिम सेतोले सोझो सेटमा टिम रातोलाइ पराजित गरी पहिलो हुन सफल भएको थियो । फ़ाइनल खेलको सुरुवात एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष अशोक बस्नेतले सर्भिस गरेर सुरुबात गरिएको थियो ।
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5.jpeg?resize=640%2C229&ssl=1)
पहिलो हुने टिम सेतोले पॉंचसय डलर नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र उचालेको थियो भने दोस्रो हुने टिम रातोले तिनसय डलर नगद सहित मेडल र प्रमाणपत्र पाएको छ । खेलमा उत्कृष्ट स्पाइकरका रुपमा टिम सेतोबाट नविन अधिकारी, उत्कृष्ठ लिफ्टरमा भीम केसी, र उत्कृष्ट डिफेन्डरमा नविन मैनाली हुनुभएको छ भने टिम रातोबाट उत्कृष्ट खेलाडीका रुपमा ज्ञानु डॉंगी सहित सबै उत्कृष्ट खेलाडीले प्रमाणपत्र र सिल्ड सहित एसबिए मोर्गेजको उपहार प्राप्त गर्नुभएको छ ।
सक्सेज एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजन रहेको “सक्सेज कप” को उपाधि बिजेतालाइ सक्सेस एजुकेशनका आदर्शजंग पाण्डे र मान तामागंले थप $२५० सम्मान स्वरुप प्रदान गर्नुभएको छ भने बिजयी दुबै टिमले पुरस्कार बापत जितेको $५०० र $३०० क्लवलाइ फिर्तादिने निर्णय गर्नुभएको छ । बिजयी टिमहरुलाइ मेडल र पुरस्कार बितरण गर्न एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारी, उपाध्यक्ष अशोक बस्नेत, पूर्व उपाध्यक्ष चुडामणी सापकोटा, क्लवका अध्यक्ष यूवराज खनिया, समाजसेवी डा दुर्गादत्त कणेंल, सक्सेस एजुकेशनका तर्फबाट आदर्शजंग पाण्डे र मान तामागं, एसबिए मोर्गेज एण्ड सोलुसनका बिवेक लोहनी तथा अजि फाइनान्स एण्ड होम लोनका गोपाल वली तथा राजकुमार केसीको उपस्थिति रहेको थियो । साथै क्लवका लागी हरदम सहयोग गर्ने आशीष सोपकोटा, अबिन प्याकुरेल पनि सहभागी रहनुभएको थियो भने नम्बरमा सुवास शर्माले सहयोग गर्नुभएको थियो भने अन्य भलिवल खेललाइ माया गर्ने दर्शकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खेलाडीहरुलाइ जर्सी हस्तान्तरण पनि गरिएको थियो भने स्पोन्सरहरुलाइ पनि क्लवले सम्मान स्वरुप मॉंयाको चिनो र जर्सी हस्तान्तरण गरेको थियो । हाल क्लवलाइ सक्सेज एजुकेसन एण्ड भिजा सर्भिसेज, एसबिए मोर्गेज सोलुसन, अजी फाइनान्स एण्ड होम लोन, कन्फिडेन्टल रियल स्टेट, एजे कम्प्लिट सोलुसन, आरके होम लोन र डिस्काउन्ट ग्रोसरिले प्रायोजन गरेका छन् । प्रतियोगिता जुलाइ ९ सनिबारका दिन बिहान ७ बजेदेखि १ः१५ बजे सम्म एक्टिभ लेजर सेन्टर वानियासामा भएको थियो । क्लवले खेल समाप्ति पछि काम्बा पार्कमा बारबिक्यू आयोजना गरेको थियो । क्लवले सबै सहयोगी संघ संस्था र ब्यक्तिहरुलाइ यस आयोजना सफलतापूर्वक सम्पन्न गर्न गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गरेको छ ।
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/9357089C-602A-4819-9A41-77DAE57BE7AB.jpeg?fit=640%2C479&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/90A7855F-F61E-4881-A1EE-1EF06D366ABE-scaled.jpeg?fit=640%2C480&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/FBF3532B-E364-482D-BAE7-48EF9C0B6DB0-scaled.jpeg?fit=640%2C480&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/1D313A01-3584-48AC-81A2-D83D0CEEC91B-scaled.jpeg?fit=640%2C480&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/1181AE76-1868-416E-BF3C-8B32A3AB04DE.jpeg?fit=640%2C479&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/2C6C6FEA-D9C3-4861-8BF5-31699D2F9319.jpeg?fit=640%2C479&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/87DDB13D-696E-44F9-8546-8AA3B74366B3.jpeg?fit=640%2C479&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/0CCA9D7E-0DC5-4E04-B64E-7EBCDF38D9EB.jpeg?fit=640%2C479&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/A8DBD1DE-5027-4601-BFE3-11924C087774.jpeg?fit=640%2C358&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/A0A4938A-C0C4-4576-91C5-B097A7F7E70B.jpeg?fit=640%2C479&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/41C45C61-9DBF-48ED-B1B0-BA34229389CD.jpeg?fit=640%2C479&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 क्यानबेरा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, टिम सेतोले उचाल्यो कप ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/D76D4AFF-DD98-4F0F-9885-E23E6F6B8823.jpeg?fit=640%2C365&ssl=1)