अष्ट्रेलियाको राजधानी क्यानबेरामा कर्मथलो बनाएर नेपाली लोक संगीतलाइ निरन्तरता दिनुभएका गायक प्रविन सापकोटाको तीजको कोशेली “परदेशीको तीज” बजारमा आएको छ । गीत छिट्टो मिठो खालको रहेको छ भने सुनेपछि नॉंचु नॉंचु अवस्य हुनेछ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 बिदेशबाट तीजको कोशेली “परदेशीको तीज”
https://successedu.com.au/

लय तथा शब्द सरोज बिरहीको रहेको गीतमा नारायण दंगालको एरेन्ज रहेको छ भने मिक्सीगं मनोज परियारले गर्नुभएको हो । क्यानबेरामा छायाकंन भएको उक्त गीतको भिडियो दिपेन्द्र घिमिरेले छायॉंकन गर्नुभएको हो भने नृत्य निर्देशन संझना सापकोटा ”सत्या” को रहेको छ । गीतको निर्देशन गायक स्वयं प्रविन सापकोटाको रहेको छ । गीतको सम्पादन रक्की महर्जनको रहेको छ । क्यानबेरा वरपर छॉंयाकंन भएको भिडियोमा संझना सापकोटा, सुस्मिता बुढाथोकि र शिलु घिमिरे सहित सबै क्यानबेरामै रहनुभएका बुवा आमा, दाजु भाइ तथा दिदि बहिनिहरुको अभीनय देख्न पाइने छ । गीतलाइ प्रिसा म्यूजिकले बजारमा ल्याएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares