बिनायक अधिकारी :- केहि नेपाली बिध्यार्थी नेपाल फर्किए, डिप्रेसनको सिकार भएर । पति पत्नि बिच पारपाचुके बढेको बढ्यै छ । पोकरको कुलतमा फस्ने नेपाली दिनानुदिन बढिरहेका छन् । पैसाका लागी र मोजमस्तिमा लागी यौन कार्यमा फस्ने नेपालीको दर बढिरहेको छ । यी हुन अष्ट्रेलियमा दिनहुँ बढिरहेका समस्या ।
हिजोआज बिदेशको रंगीन संसार देखेर बुझ्दै नबुझि बिदेशीने क्रम बढिरहेको छ । अष्ट्रेलिया नेपाली बिध्यार्थीहरुकालागी एउटा गन्तब्य बनेको छ तर अष्ट्रेलिया आउनु अघि के बिध्यार्थीहरु र अभिभावकहरुले यी कुराहरु बुझेका छन् यहाँ आएपछि के कस्ता समस्याहरु भोग्नुपर्छ भनेर ? छोरा छोरिले कुन बिषय पढ्न जान लागेका छन् ? त्यो बिषयले भोलि नेपाल फर्केपछि वा अष्ट्रेलियामा बस्नका लागी र काम पाउनका लागी उपयुक्त छ कि छैन । शुल्क कति लाग्छ ? नेपालवाट शुल्क पठाउन सम्भव छ कि छैन ? काम कस्ता प्रकारका पाइन्छ र त्यो कामले बस्न खान पुग्छ कि पुग्दैन ? आफना इष्ट मीत्र छन् कि छैनन् ? केहि सर सहयोग चाहिएमा सम्पर्क ब्यक्ति को छ ? नेपालमा हुदा आफना छोराछोरि कस्ता थीए? भोलि नराम्रा ब्यक्तिको संगतमा बिग्रने खालका छन् कि छैनन् ?
हामी काननै नछामी कागको पछाडी दौडन्छौं । बिदेश नेपालवाट हेर्दा असाध्यै राम्रो छ । पैसा फल्ने रुख हुन्छ र रुखवाटै पैसा टिप्ने हो भन्ने धारणा छ । मोवाइल, क्यामारा, गाडी र मोजमस्ति सव पाइन्छ भन्ने सोच छ । हामी हरेक कुराहरु सजिलै लिन्छौ । हामीलाइ देशको सॉंध दिनानुदिन चेपिएकोमा आवाज उठाउन समय हुदैन तर बल्डकपमा ब्राजिल र अर्जेन्टिनाका टिसर्ट लगाएर झण्डा बोकेर दगुर्ने समय हुन्छ । हामी कुन परिस्थितिमा कस्ता समस्या हुनेछन् र तिनको समाधान कसरि गर्ने पहिल्यै सोच्दैनौ अनि जव समस्या पर्छ अनि हात फैंलाउछौं ।
मेरो आशय बिदेश नआउनु भन्ने पटक्कै होइन तर बिदेश आउनु भन्दा अघि के कस्ता कुरामा बिचार पुर्याउने भन्ने हो । सबै (परामर्शदाता) कन्सल्ट्यान्सीले राम्रो परामर्श दिन्छन् भन्ने ग्यारेन्टि छैन यी सबै पैसाका लागी काम गर्ने हुन त्यसैले कमिसनका लागी बिध्यार्थीलाइ उचाल्न पनि पछि पर्दैनन । त्यसैले बिदेशमा आफन्त र साथीभाइ कोहि भए सोधपुछ गर्नुहोस । इन्टरनेटमा पनि थुप्रै जानकारिहरु पाइन्छ अध्ययन गर्नुहोस ।
सबै कुराहरु बुझेर आउदा भविष्यमा हुनसक्ने संभावित दुर्घटना कम हुने हुन्छ । बिदेश आउनेको मन मष्तिष्कमा गइसकेपछि के कस्ता प्रकारका समस्या आउन सक्छन् र तिनका समाधान के हुन्छ भन्नेकुरा बुझेर आयौं भने डिप्रेशन, सम्बन्ध बिच्छेद, पोकरको लत र अन्य कुलतमा फस्ने संभावना कम हुनेछ ।![[Tags] A129D822-625A-4A3A-95E1-53CD1109806F-300x200 अष्ट्रेलिया आउनु अघि बुझ्नै पर्ने कुराहरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/06/A129D822-625A-4A3A-95E1-53CD1109806F.jpeg?resize=300%2C200&ssl=1)