बिनायक अधिकारी : १७ मार्च २०१९
क्यानबेरामा जारि डिभिजन ५ क्रिकेट खेलमा उच्चस्तरीय प्रदर्शन गर्दै डिभिजन ४ मा प्रवेश गरेको छ । मार्च १६ का दिन क्यानबेराको लाइन्याममा क्यानबेरा राइनोज संग पराजित भएता पनि टोलि दोस्रो भएर डिभिजन ४ मा प्रवेश गरेको हो ।
![[Tags] B8E9A98B-DA27-4905-87F1-86EDBC9084C5-1024x768 क्यानबेरा नेपलिज क्रिकेट क्लव डिभिजन ४ मा प्रवेश ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/B8E9A98B-DA27-4905-87F1-86EDBC9084C5.jpeg?resize=640%2C480&ssl=1)
फाइनल खेलमा सोचे जस्तो प्रदर्शन गर्न नसकेको क्लवका अध्यक्ष प्रदीप भट्टराइले बताउनुभयो । फाइनल खेलमा राम्रो खेल्ने खेलाडीहरुवाट छनोट गरि बेष्ट प्लेयरमा बसन्त भट्टलाइ एसबिए मार्गेजवाट $२०० गिफ्ट भोचर, बेष्ट बलरमा शाहिललाइ ब्रिम्टा एजुकेशनवाट $१०० गिफ्ट भौचर र बेष्ट ब्याट्सम्यान याम लाइ जेबि एजुकेशन एण्ड माइग्रेसनवाट $१०० गिफ्ट प्रदान गरिएको थियो । फाइनल खेलमा क्यानबेराका एनआरएनए एसीटिका कोअर्डीनेटर राजन ढुंगेल, एएनएफएसका अध्यक्ष जिवन राना, डा दुर्गादत्त कणेंल, डा बिनोद नेपाल सहित थुप्रै सुभेच्छुकहरुले तालि र वाहि वाहि गरि हौसला प्रदान गर्नुभएको थियो भने क्लवले उपस्थित सबैलाइ बारबिक्यू गरेर रमाइलो गरेको थियो ।
फाइनल खेलका लागी नेपालका क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्काले शुभकामना सन्देश पठाउनु भएको थियो । जे होस बिदेशको ब्यस्त दैनिकिका बावजूद खेलाडीहरुको मिहिनेत, प्रायोजकहरुको आर्थिक सहयोग र ब्यवस्थापक र क्लवका सदस्यहरुको सहकार्यले क्रिकेट क्लव डिभिजन चारमा पुग्नु अत्यन्तै खुसीको कुरा हो । क्लबको ब्यवस्थापन राजु अधिकारीले गरिरहनु भएको छ भने हिमालयन बिजनेस ग्रुप र एसबिए मोर्गेज तथा सोलुसनले प्रायोजन गरिरहेको छ ।हाम्रो तर्फवाट पनि क्यानबेरा नेपलिज क्रिकेट क्लवलाइ हार्दिक बधाइ ।