राजन ढुंगेल

नेपाली सिमा भूमी अतिक्रमण हुनुहुन्न तर समधान अन्तर्राष्ट्रिय सिमामा काँडे तार हाेईन । साधरणतय; तिन अबस्थामा १. सुरक्षा निकायका पाेष्टलाई सुरक्षित राख्न, २. आन्तरिक बिद्रोह वा वाह्यय देशकाे शैनिक आक्रमण राेक्न ३. आततायीहरूकाे प्रवेश निषेध, नियन्त्रण गर्न वा अध्यागमन नितिमा कडाई गर्न राज्यले पर्खाल वा काँडे तार लगाएकाे पाईन्छ ।
मुलत: राज्य आर्थिकरूपमा सम्पन्न भएपछि छिमेकि राज्यका नागिरककाे खुल्ला सिमा आवतजावतका कारण हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र ती विदेशी नागरिकहरूले उपभाेग र उपयाेगितामा ल्याउने राज्यका सेवा,अवसर र सुविधालाई वन्चित गर्न आफ्नाे देशकाे सिमालाई आशिंक वा पुरा घेरावेरा गरि अध्यागमन नियमलाई कडा गर्दछन । (उदाहरण: अमेरिका-मेक्सिको, ईजरायल- प्यालेस्टाइन )
नेपाल आर्थिक विकासमा लम्किरहेकाे,नेपाल-भारत विचकाे ऐतिहासिक मित्रवत सम्वन्ध पुरानाे भएकाे,सन १९५० Indo- Nepal Treaty of Peace and Friendship जिवित रहेकाे, जंगे सिमा पिल्लरहरू सुरक्षित राख्न नसिकएकाे, न्यून श्राेत र साधनले सिमामा राज्यकाे उपस्थित र आफ्ना सयन्त्र प्रभावकारी बानाउन नसकिएको अबस्थामा सिमामा “काँडे तार” लगाऔं भन्नु अहिलेकाे सिमा भू अतिक्रमणकाे मुद्दालाई ओझेलमा पार्न खाेज्नु हाे । याे आर्थिक र व्यावहारिकरूपले असंभव, प्राविधिकरूपले दिगाे, सुरक्षित र टिकाउ देखिदैन ।
सन् १९५० सन्धिका आधारमा लाखाै नेपाली नागरिकले भारतमा सरकारी (सिमित क्षेत्रमा), संस्थान र निजी क्षेत्रमा राेजगारी, राशन कार्ड(?), स्वास्थ्य क्षेत्रकाे सहुलियत,निर्बाधरूपमा व्यवसाय एवं सम्पतिकाे हक उपभाेग भारतिय नागिरक सरह पाएका छन। करिव ४/५ लाख नेपालीहरू प्रत्यक्ष र पराेक्क्षरूपमा भारतिय राेजगार वजारमा रहेकाे अनुमान छ । यसैगरी, नेपालबाट भारतियहरूले पनि उद्याेग, व्यापार-व्यावसाय गरेर फाइदा लिएका छन । विशेषत: नेपालका कम्युनिस्टहरूले याे सन्धी असमान छ खारेजी हुनु पर्ने माग राख्दै अाएका छन । अहिले, याे सन्धी पुनारावलाेकनकाे लागि दुई देशका विज्ञहरू छलफलमा रहेका छन ।
विश्व शक्ति राष्ट्रकारूपमा उदयमान भारत आर्थिक रूपले सम्पन्न हुदै गएकाे छ । राेजगारी र अवसरकालागि भारत दक्षिण एशियाली आकर्षक देश बन्दैछ । दुरी, भाषा, शिक्षा,स्वास्थ्य, संस्कार-संस्कृति र बचतका हिसाबले भारतीय राेजगारी स्वदेश पछि नेपालीकाेलागी उत्तम मानिन्छ ।
ईतिहास देखि नै राेजी, राेटी र वेटीकाे सम्वन्ध रहेकाे नेपाल-भारत सम्वन्ध राजनैतिक, आर्थिक, धार्मीक र संस्कृतिकरूपमा विशिष्ट छ । अपवाद वाहेक दुवै देशका जनतास्तरकाे सम्वन्ध अत्यन्त प्रगाढ र मित्रवत रहेकाे पाईन्छ ।
नेपाल भारत पुराना असल छिमेकी हुन । दुई देश विचकाे सिमा, व्यापार, पारवहन,सिचाइ, जलविद्युत आदिमा देखिएका समस्या र समाधान दुई देशका समकक्षी राजनेताहरूकाे आपसि समझदारी, सुझवुझ एवं तिनकाे सम्पर्ककाे टेवुल बार्ताकाे तहबाट हुनसक्छ ।
हिजाे,भारतिय राजनेताहरूले नेपालका राजनेताहरूलाई आफू सरह वा कहिले काही आफू भन्दा पनि उम्दा ठान्थे र साेही अनुसार नेपाल र नेपालीका पक्षमा विशिष्ठ व्यवहार गर्थे, आदर स्वरूप पाउ छाेई आशिर्वाद लिन्थे । उनीहरूका विचकाे व्यक्तिगत सम्वन्धले पारिवारिक तह सम्मकाे आकार लिएकाे देखिन्थ्याे । याे सम्वन्ध ईष्ट ईन्डिया कम्पनीका समय देखि नै औपचारिक र कर्मचारी स्तर भन्दा धेरै माथी थियाे । ती सम्वन्धकाे दायरा कर्मचारी तह एवं सिंहदरवार -लैनचौरकाे घेरामा मात्र सिमित थिएन । नेपालका ठूला राजनितिक परिवर्तनहरू (जस्तैः वि.स. २००७, २०१९, २०३६, २०४६, २०६३), उत्तर सिमामा शैन्य क्याम्प राख्ने/ हटाउने, आर्थिक नाकाबन्दी( वि.स.२०४५,२०७२)गर्ने/ खाेल्ने, विभिन्न सन्धि संझाैताहरू, उच्चस्तरीय भ्रमण गर्ने आदी विषयमा उच्चतहमा सिधा कुरा हुन्थे । काठमाडौंकाे लैनचौर र नयाँदिल्ली स्थित वाराखम्वा राेड निर्देशीत र देखावटी भूमिका सिमित रहन्थे । कति महत्त्वपूर्ण विषयमा अनविज्ञ समेत रहेकाे पाईन्थयाे । प्राय: सवै उपलब्धि र निर्णयहरूमा राजनेताहरूका आपसि सुझवुझ, समझदारी र व्ययक्तिक सम्वन्धहरूकाे भूमिका मूख्य भएका पाईन्थे । उसवेला साेझाे र सिधै जनता जनताका प्रतिनिधि विच: भारतकाे रेसकोर्श,साउथ वल्क – नेपालकाे वालुवाटार, सिंहदरवार त्यस्तै नारायणहिटी – राजपथकाे राष्ट्रपति भवनमा सम्पर्क थियाे, त्यँहा कुनै विचाैलिया र मध्यस्त कर्ता हुदैन थिए । राजसंस्थाकाे अन्त्य र गिरिजा प्रसाद काेईराला र सूर्य बहादुर थापकाे निधन पछि कुनै राजनेता र उच्चप्रशासकहरूमा यस्ताे सम्बन्ध भारतिय समकक्षी समक्ष भएकाे महसुस छैन । लैनचाैरले फट्काे माराे ।” लैनचौर”नै राष्टपति भवन, राजपथ र South Block हाे भन्ने भूमिकामा देखिन थाल्याे । हाम्रा राजनेतामा दिल्ली “दूर” लैनचौर “लाईन” भन्ने साेच विकसित भयाे। नेपालकाे राजनितज्ञकाे पहूच कर्मचारी तहमा मात्र सिमित हुनपुग्याे र सिंहदरवार र वारखम्वाकाे कुटनैतिकले भारतिय शासक र उच्चतहमा आफनाे पहूच पुराउन सकेन । मेराे वुझाईमा नेपाल – भारत समस्या नै यहि हाे ।
नेपालकाे दक्षिणी सिमाका भूभागलाई काँडे तारले घेरेरभन्दा नेपाल -भारत विचकाे जनता जनता विचकाे प्रगाढ सुमधुर सम्वन्धले वढी सुरक्षित र संरक्षित राख्न सकिन्छ । नेपालका राजनितीज्ञ र प्रशासकहरूले आफना समकालीन भारतिय नेता र प्रशासक विच सिधा पहुच हुने सम्वन्ध बनाउनु पर्छ।नेपालले छिमेकी मुलकमा श्राेत र साधनले सम्पन्न चलाख र उत्कृष्ट कुटनितज्ञलाई नियुक्ति गर्नु पर्छ ।
अन्तमा : भारतिय पक्षबाट अतिक्रमित नेपाली भूभागकाे स्वामित्व र सिमा सुरक्षामा समस्त नेपाली जनताकाे साथ सहयाेग छ नै। अब, वालुवाटार, सिंहदरवार र शितलनिवासले नेपाली जनतकाे राष्ट्रियताकाे भावनालाई उच्च सम्मान गर्दै भारतिय पक्षबाट अतिक्रमित भूमी फर्काउन नेपालकाे तर्फबाट उच्चस्तरीय शासकिय क्षमता देखाउनु पर्छ । कर्मचारी तहकाे बर्ताबाट याे समस्या समाधान हुन्न ।

जय नेपाल
१२ मे, २०२०
क्यानवेरा ।

Total Page Visits: - Today Page Visits:
Shares