4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा नेपालीहरुको पहिलो क्रुज पार्टि हुदै ।

नयॉं बर्षको अवसर पारेर क्यानबेरामा पहिलोपटक नेपाली क्रुज पार्टि हुने भएको छ । दि इन्टरनेशनल इभेन्ट्सको ब्यानरमा आयोजना हुन लागेको क्रुज पार्टिको पावर बाइ आरके होम लोन रहेको छ ।

सबैजना इभेन्ट्स अर्गनाइजरहरुबाट एउटै किसिमका कार्यक्रमहरु भइरहेको हुनाले हामीले नयॉं पन दिन खोजेका हौं । नेपालीहरु बिच पनि यस्ता कार्यक्रमहरु हुन्छन् भनेर सन्देश पनि दिन खोजेका छौं । नयॉं र पुरानाको रमाइलो गर्ने ठॉंउ बनाउने योजना रहेको र यो आशा पुरा हुने बिश्वास रहेको कुरा सुदन चौधरीले बताउनुभएको छ । उहॉंले क्यानबेरामा पुराना नेपाली र भर्खरै आउनुभएका नयॉं नेपालीहरु बिच मध्यस्तता गर्न पनि आफूहरुले यस्तो कार्यक्रम गरेको बताउनुभएको छ ।

यो क्रुज पार्टिमा टिकट किन्दा मे महिनामा हुने अर्को क्रुज इभेन्ट्सको टिकट फ्रि रहने कुरा पनि आयोजक चोधरीले बताउनुभयो । उहॉंले बसुन्जेल खाना, स्वागत ड्रिंक्स, डिजे, कोरियन बारबिक्यू उडनमा २० प्रतिशत डिस्काउन्ट सहित फ़ोटोग्राफ़ी पनि रहेको छ । कार्यक्रम पुरै मनोरन्जनात्मक हुने र सबैले आशा अनुरुप रमाइलो गर्ने कुरा पनि चौधरीले बताउनुभएको छ ।

कार्यक्रमका सहयोगी संस्थाहरुमा Everest education, sathibhai groceries, friends and momos, Jamission takeway, KOR-BQ, merit education, city homes canberra and Z2 Events रहेका छन् । त्यस्तै साउण्ड पार्टनरमा ktm sound, फ़ोटोग्राफ़ी पार्टनरमा Laltern photography र टिकटका लागी merotickets रहेका छन् ।

क्रार्यक्रम 14 April 2023 शुक्रबारका दिन सॉंझ ६ बजेदेखि १० बजेसम्म 1 mariner pl Yarralumla मा हुनेछ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा नेपालीहरुको पहिलो क्रुज पार्टि हुदै ।

Total Page Visits: - Today Page Visits:
Shares